बाग्लुङ – वैशाख ३० गते सम्पन्न पालिका चुनावमा बाग्लुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।
कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार मेयर र उपमेयरका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४ सय १८ मतदाता रहेकामा त्यस नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो ।
नगरपालिकामा खसेको २४ हजार ८ सय मतमध्ये पाँच पार्टीका मेयर र उपमेयरका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी...