नेपालको पर्यटन पुनर्बहालीतर्फ, दक्ष जनशक्तिको आवश्यकतामा जोड

न्युज अफ नेपाल, काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको उल्लेख गर्दै नेपाली पर्यटन क्षेत्रको सम्भाव्यताको अधिकतम् लाभ उठाउन दक्ष जनशक्तिको विकासमा ध्यान दिन आग्रह गरेकी छिन् । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजको भातृ संस्था गेट भोकेसनलद्वारा […]

सम्बन्धित सामग्री

भिडियोमा पर्यटन क्षेत्र समेट्न परराष्ट्र मन्त्री साउदको जोड

काठमाडौं । नेपाली गीतसँगीत सँगै म्युजिक भिडियोले पनि नेपालको पर्यटन प्रवर्धनमा योगदान पु¥याउने गरेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् । सुदुर पश्चिमको खप्तडमा छायाँकन गरिएको तीनवटा गीतको म्युजिक भिडियोलाई मँगलबार एक समारोहबीच सार्वजनिक गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् । मन्त्री साउदले कार्यक्रममा भने,‘सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएकोमा साह्रै खुसी लागेको छ […] The post भिडियोमा पर्यटन क्षेत्र समेट्न परराष्ट्र मन्त्री साउदको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सकियो पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट, दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड

पोखरा– पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट-२०२३’ दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड दिँदै सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेसनलको आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ देखि पोखरामा मार्ट शुरु भएको थियो। चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दिगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरूले जोड दिएका छन्। उनीहरूले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटाइजेसनलाई समेत सँगसँगै लैजानुपर्ने बताए।  यस्तै उनीहरूले विश्व पर्यटन विस्तारै कोभिडअघिको लयमा फर्किन थाले पनि पर्यटनले आर्थिक मन्दीको असर बेहोरिरहेको बताए। विज्ञहरूले विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नुपर्ने बताए । नेपालमा पहिलो पटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकले दाबी गरेको छ ।  कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले पनि ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले तस्वीर हेरेपछि पूरै नेपाल घुमेको अनभूति भएको बताएका थिए।  प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्वीर राखिएको थियो । सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र विक्रेतासहित २५० भन्दा बढीको सहभागिता रहेको मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरूले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर, आर्टिफिसियल इन्टेलिजेन्स, सोसल मिडिया इन्फ्लुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल भएको थियो।कार्यक्रममा माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटन विज्ञ प्रोफेसरहरू पनि सहभागी थिए । जसले पर्यटनका विविध आयामबारे धारणा राखेका थिए ।  सम्मेलनमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको समापनमा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रूपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकोमा बधाई दिए । ‘यो सम्मेलनले नेपाललाई सुन्दर,सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रुपमा चिनाउन सघाउ पुग्नेछ,’ उनले भने ।नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तरराष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासँगै समग्र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सम्मेलनले कोभिडपछि लयमा फर्किँदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए ।  कार्यक्रमको गत मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

परम्परागत नेपाली खानालाई प्रवद्र्धन गराउनुपर्नेमा जोड

नेपालको पर्यटन प्रबद्र्धन र नेपालीपनको प्रचारका लागि परम्परागत नेपाली खानालाई देश तथा विदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । भिक्स मिडिया एण्ड टेक्नोलोजी प्रालिले आज लाजिम्पाटस्थित हिमालय होटलमा आयोजना गरेको ‘द भ्वाइस अफ सेफ्स’ कार्यक्रमका वक्ताले परम्परागत खानालाई देश तथा विदेशमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । विविसी मास्टर सेफ्स सन्तोष शाहले नेपाली खानालाई विश्वमाझ …

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति […]

कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग

कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरूले सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।उनीहरुले कोभिड महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्यूँताउन आवश्यक रहेकोमा जोड दिए । व्यवसायी राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको हो । महामारीका का

होटलको उद्घाटनमा पुगे परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताएका छन् । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को आज उद्घटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि आग्रह गरे ।

‘नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँको आम्दानी गुमाइसक्यो’

अन्तर्राष्ट्रिय पर्यटनले गति लिन लामै समय लाग्ने हुँदा स्थिति सहज भएपछि आन्तरिक पर्यटनमा जोड दिन पर्यटन विज्ञहरूले सुझाव दिएका छन्।