काठमाडौं : अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ।समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले मुलुक छोडेसँगै सत्ता शान्तिपूर्ण रुपमा तालिबानीको नियन्त्रणमा आएको र युद्ध समाप्त भएको बताएका हुन्।साथै उनले अब अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न तालिबान तयार रहेको बताएका छन्। मोहम्मद नईमले अफगानिस्तानमा अब कस्तो सत्ता चलाउने, कस्तो शासन व्यवस्था हुने भन्नेबारे केही