काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दश महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक भेटघाट गरेको छ । अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामाग्री पठाएर तालिवान सरकारसँग सम्बन्ध राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ । […]