सिद्धार्थ बैंकको बोनस सेयरधनीको खातामा जम्मा, नपाए के गर्ने ?

काठमाडौं, १९ फागुन । सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले फागुन १५ गतेदेखि बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछिमात्र बोनस जम्मा […]

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

कृषि विकास बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १५, काठमाडौं । नेप्सेमा आइतवार  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ दशमलव ६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६ दशलमव ३६ कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ दशमलव शून्य ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी, सिद्धार्थ बैंकले पुस ३० गते साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत र प्राइम कमर्सियल बैंकले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

उन्नति सहकार्य लघुवित्तद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

कात्तिक २३, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत चैत ३१ गते सम्पन्न छैठौ साधारण सभाबाट पारित १७ दशमलव ८१ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले छैठौ साधारण सभाको लागि बुक क्लोज हुँदाको समयसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा कात्तिक १७ गतेदेखि उक्त बोनस शेयर जम्मा गरिदिएको हो । साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गनुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पश्चात बोनस शेयर क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गराउन अनुरोध गरेको छ । कम्पनीले उक्त कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेड हात्तिसार, काठमाडौंको खाता नम्बर ००११९०८४५१६ मा जम्मा गर्न अनुरोध गरेको छ ।