तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । […]
सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
जुम्ला– जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भइरहेको छ ।’
विराटनगर : बर्खाको समय सप्तकोशी नदीमा आउने बाढी धेरैको जीवनमा दु:ख बनेर आउने गर्दछ। तर, कतिपयलाई भने आम्दानीको स्रोत पनि बनेको छ ।सुनसरीस्थित बराहक्षेत्र नगरपालिका राजबासस्थित सप्तकोशी नदीमा जोखिम मोल्दै स्थानीयहरु नदीले बगाएर ल्याएको काठ, दाउरा संकलन गर्ने गर्दछन् ।उनीहरु बर्खाको समय पहाडी भेगबाट बाढीले बगाएर ल्याएको काठ, दाउरा झिक्ने र डुङ्गाको माध्यमबाट ओसार्ने गर्दछन् । विशेषगरी असार, साउन र भदौ महिना राजबासका स्थानीयबासी दाउरा, काठ संकलन गर्ने गरेको भुपेन्द्र चन्द्रवंशी
दाङ– राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी टेकरानी चौधरीको चार घण्टापछि सकुशल उद्धार गरिएको छ। बिहीबार अपराह्न चार बजेतिर गढवा गाउँपालिका–३ गोवरडिहाबाट नदीमा बगेकी उनको आठ किलोमिटर टाढा लमही नगरपालिका–४ बुटकौवास्थित टापुबाट सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए। उनको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ। […]
कालीकोट – पलाँता गाउँपालिका ९ थिर्पका ३४ वर्षीय जङ्गबहादुर बम कर्णाली नदीमा बेपत्ता हुनुभएकाे छ । आइतवार दिउँसो नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बमलाई नदीले बगाएको हो ।
पलाँता ९ थिर्पुका स्थानीयवासी नजिकै वन नभएका कारण वर्षाकाे समयमा नदीले बगाएर ल्याएकाे दाउरा टिप्ने गर्छन् ।
नदीमा बेपत्ता हुनुभएका बमको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले बताउनुभयो ।
जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो । बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।