बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

जुम्ला– जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ । नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भइरहेको छ ।’

सम्बन्धित सामग्री

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता

पातारासी गाउँपालिका- ५ लोर्पा गाउँकी ३५ वर्षीया पन्नीकली बुढा बेपत्ता भएकी हुन्। घट्ट पिस्ने क्रममा घट्टेकुलोमै बाढी आउँदा घट्टसँगै बुढालाई पनि बगाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।...