कर्णाली नदीमा दाउरा टिप्न जाँदा एक जना बेपत्ता

कालीकोट – पलाँता गाउँपालिका ९ थिर्पका ३४ वर्षीय जङ्गबहादुर बम कर्णाली नदीमा बेपत्ता हुनुभएकाे छ । आइतवार दिउँसो नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बमलाई नदीले बगाएको हो ।  पलाँता ९ थिर्पुका स्थानीयवासी नजिकै वन नभएका कारण वर्षाकाे समयमा नदीले बगाएर ल्याएकाे दाउरा टिप्ने गर्छन् ।  नदीमा बेपत्ता हुनुभएका बमको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले बताउनुभयो ।

सम्बन्धित सामग्री

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

धनगढी– कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।  जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोही वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्। अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमान्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

कर्णाली नदीमा डुबेर एक जना बेपत्ता

धनगढी ।  कर्णाली नदीमा बुडेर एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन्। नुहाँउने क्रममा मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलवार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ।

कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता

कालीकोट – कालीकाेटमा कर्णाली नदीमा ट्र्याक्टर खस्दा एक जना बेपत्ता भएका छन् ।  कर्णाली करिडोर अन्तर्गत मुगुबाट सुर्खेत जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्र्याक्टर पचालझरना गाउँपालिकाको महखोला नजिकैबाट कर्णाली नदीमा खसेकाे हाे। ट्र्याक्टरका चालक खत्याड-६ मुगुका तिलकराज बुढथापा नदीमा बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्यर रिमालले बताउनु भयो । बेपत्ता थापाको खोजी भइरहेको उहाँले बताउनु भयाे।

पौडी खेल्ने क्रममा तीन जना बेपत्ता

वन भोज खान गएका तीन जना नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। सुर्खेतमा दुई र जाजरकोटमा एक जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।...

कालिकोटमा मलामी गएका १३ जना बेपत्ता

कालिकोटको तिलागुफामा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुलीबाट १३ जना बेपत्ता भएको खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘हराएको सूचना आएपछि घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।’ बेपत्ता भएकाहरु राँचुली गाउँका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

कर्णालीमा मिनीबस खस्दा एक जना बेपत्ता

कालीकाेट – कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कर्णालीमा मिनिबस खस्दा सहचालक रास्काेट नगरपालिका १ का जीवन शाही बेपत्ता हुनुभएकाे हाे ।  कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ काे कर्णाली नदीमा खसेकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयाे ।  यस्तै घटनामा चालक दैलेखकाे आठबीसकाेट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी का...

कर्णाली नदीमा चार दिनमा पाँच जना बेपत्ता, जोशी दम्पती अझै फेला परेनन्

धनगढी : पछिल्लो चार दिनयता कैलालीको कर्णाली नदीमा ५ जना बेपत्ता भएका छन्।कैलालीका तीन र डडेल्धुरा घर भई डोटी बस्दै आएका दुई जनासहित पाँच जना कर्णालीमा बेपत्ता भएका हुन्। शुक्रबार नदीम जिप खस्दा भएको दुर्घटनामा बेपत्ता जोशी दम्पती अझै फेला परेका छैनन्।एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जिप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। जिपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। १० जना सवार डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ । पौडिएर बाहिर निस्किएका पाँच सकुशल छन् भने दुई जना घाइते भएका छन्। प्रहरीकाअनुसार उनीहरू बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य चौकी जाँदै थिए।

कर्णाली नदीमा डुङ्गा दुर्घटना ,तीन जना बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा दुई महिला र एक बच्चा बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । बेपत्ता हुनेहरूमा मोहन्याल गाउँपालिका […]

जाजरकोटमा सात जना बेपत्ता

कर्णाली ब्युरो । जाजरकोटमा पशु चौपाया छोड्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । जलजला पाटनमा पशु चौपाया छाड्न गएका कुशे गाउँपालिका वडा नं. ८ र ९ का ७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । ‘जलजला पाटन’ मा पशु चौपाया छोड्न गएका कुशे गाउँपालिका –८ र ९ का ११ मध्ये […]