ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । भ्रमणमा चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार तथा रुस–युक्रेन विवादमा चीनको मध्यस्थताबारे पनि छलफल हुने भएको छ ।
७७ वर्षका वामपन्थी नेता लुला आउँदो मङ्गलबार बेइजिङ पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको समाचार संस्था एएफपीले जनाएको छ । भेटमा लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ ।
राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको त...