प्रथम राष्ट्रपति यादवद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रथम राष्ट्रपति डा. रामवरण यादवले गिट्टी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी केही प्रावधान हटाउने विषयमा ध्यानाकर्षण गराएका छन्।राष्ट्रपति पौडेललाई पूर्वराष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा आज भेटेर ध्यानाकर्षण गराएका हुन्।राष्ट्रपति पौडेलले पूर्वराष्ट्रपति डा यादवसहित विज्ञहरूले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको ब