दुई मतले पराजीत गच्छदार पुनः मतगणना गराउँदै

काठमाडौं, पुस १। नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदमा विजय गच्छदारले दुई मतले पराजीत भएका छन् । देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । दुई […]

सम्बन्धित सामग्री

पुनः मतगणनाको निवेदन लिएर गच्छदार सानेपातिर

नेपाली काँग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदको  मत परिणामप्रति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजय गच्छदारले असहमति जनाएका छन् । गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालयमा आउने भएपछि अहिले मत परिणाम घोषणाको कार्यक्रम रोकिएको छ । यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।