नेपाली काँग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदको मत परिणामप्रति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजय गच्छदारले असहमति जनाएका छन् । गच्छदार पुनः मतगणना हुनुपर्ने मागसहितको निवेदन लिएर काँग्रेस केन्द्रीय कार्यालयमा आउने भएपछि अहिले मत परिणाम घोषणाको कार्यक्रम रोकिएको छ । यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।