काठमाडाैंमा बालेनकाे धन्यवाद र्याली सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको […] The post काठमाडाैंमा बालेनकाे धन्यवाद र्याली सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सौराहामा विदेशी पर्यटकले मनाए दशैं, टीका र जमरा थाप्न पाउँदा दङ्ग

मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी गिरीले विदेशी पर्यटकलाई टीका र जमरा लगाईदिएका थिए । उनिहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।  नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।”  अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । “हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।रासस

भोजपुरमा उम्मेदवारसहित एमालेको धन्यवाद तथा भेटघाट कार्यक्रम

भोजपुर । नेकपा एमाले भोजपुरले पार्टी तथा उम्मेदवारलाई भोट हाल्ने मतदाता र कार्यकर्तामाझ धन्यवाद तथा भेटघाट कार्यक्रम सुरू गरेको छ । जिल्लाका ९ वटै पालिकामा पुस १० सम्मको कार्ययोजना बनाएर शनिबारदेखि कार्यक्रम थालिएको हो । उम्मेदवारलाई पनि साथै लिएर पार्टीलाई जिताउन अहोरात्र खटिने शुभेच्छुक, समर्थकमाझ वडातहसम्म पुग्ने र चुनावको समीक्षा गर्ने एमाले भोजपुरका अध्यक्ष शरणकुमार […]

उधौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं : किराती समुदायहरूको महान् पर्व उँधौली सुरू भएको छ। आजदेखि किराती समुदायले भव्यताका साथ यो मनाउने गर्छन्।आज हात्तीवनमा रहेको मन्दिरमा प्रकृतिको पूजा गर्दै यो पर्व मनाएका छन्। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई भन्छन्,‘उभौलीमा खेतीपाती राम्रो होस् भन् पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास छ,दुवै पर्वलाई किराती समुदायहरूले भव्य रूपमा मनाउँछन्।’राससले कैद गरेका तस्बिरहरू :

नवनिर्वाचित मेयर शाह भन्छन्,‘काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु’

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा विजयी भएपछि बालेन शाहले राष्ट्रिय सभादेखी तीनकुनेसम्म धन्यवाद र्‍याली सुरू गरेका छन्। राष्ट्रियसभावाट सुरू भएको मतदातालाई धन्यवाद र्‍यालीमा उनका समर्थकहरूले सहभागीता जनाएका छन्। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानी रहेको सहर काठमाडौँमा विजयी हासिल गरेका हुन्। धन्यवाद जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले […]

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चैत १९, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार आयल निगम र पेट्रोलेमिय व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले निगमसँग छलफल भएर एक किसिमको सहमति बनेपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । छलफलपछि निगमका प्रवक्ता विनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम संस्थागत समितिका प्रवक्ता ज्ञानेश्वर अर्यालले पनि विज्ञप्ति जारी गर्दै सहमति भएकाे जानकारी गराएका छन् । छलफलपछि निगम र व्यवसायीले  संयुक्त रुपमा जारी गरेको विज्ञप्ति: संयुक्त प्रेस विज्ञप्ति मितिः २०७८/१२/१९ १) आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू विच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं।.६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । २) आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल।पी। ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो । ३) पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार बिहान ८ बजेबाट नै सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछौं । ४) हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं । धन्यवाद ।

शेखर कोइरालाको पत्रकार सम्मेलन सुरू (लाईभ भिडिओ)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखरप्रसाद कोइरालाको पत्रकार सम्मेलन सुरु भएको छ । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिनको लागि आज पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । अहिले पत्रकार सम्मेलन जारी छ ।

समयको पदचाप बुझेर नेतृत्व छाड्न कमल थापालाई लिङदेनको आग्रह (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले समयको पदचाप बुझेर मार्गप्रशस्त गर्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन् । भृकुटीमण्डपमा सुरू भएको राप्रपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले पार्टीका ३ अध्यक्षमध्ये पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पुनः अध्यक्ष नबन्ने घोषणा गरेकोमा धन्यवाद दिए । ‘हाम्रा अध्यक्षहरू पशुपतिशमशेर राणा र […]

नौ हजार ८४ ले लगाए कोरोनाविरुद्धको खोप, यस्तो रह्यो पहिलो दिनको कार्यक्रम

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका हुन् । मन्त्रालयले आज ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिएको छ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन सुरु गरेको हो । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ । भारतले अनुदानमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो ।