उधौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं : किराती समुदायहरूको महान् पर्व उँधौली सुरू भएको छ। आजदेखि किराती समुदायले भव्यताका साथ यो मनाउने गर्छन्।आज हात्तीवनमा रहेको मन्दिरमा प्रकृतिको पूजा गर्दै यो पर्व मनाएका छन्। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई भन्छन्,‘उभौलीमा खेतीपाती राम्रो होस् भन् पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास छ,दुवै पर्वलाई किराती समुदायहरूले भव्य रूपमा मनाउँछन्।’राससले कैद गरेका तस्बिरहरू :