उद्योग संगठन मोरङले थाल्यो स्टार्टअप एण्ड इनोभेसन-३ कार्यक्रम

युवालाई उद्योग व्यवसायमा आकर्षित गरेर विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले उद्योग संगठन मोरङले तेस्रो चरणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ । संगठनले यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम गरेर कोशी प्रदेशका ३० जना युवालाई उद्यममा संलग्न गराएको छ ।

सम्बन्धित सामग्री

पूर्वका उद्योगी व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम स्थगन

१२ असार, काठमाडौं । आर्थिक विधेयकमार्फत करको दरहरुमा गरिएको हेरफेरलाई लिएर आन्दोलित भएका पूर्वका उद्योगी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरका छन् । बुधबार निजी क्षेत्रका पूर्वेली तीन प्रमुख संगठन नेपाल उद्योग परिसंघ प्रदेश एक, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त प्रेस वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेका हुन् । ‘जीआई वायार, वनस्पति […]

उद्योग संगठन मोरङद्वारा श्रमिकको सम्मान

उद्योग संगठन मोरङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले मई दिवस श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस वर्ष पनि १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा श्रमिक दिवसको सुभकामना दिँदै संगठनका कावा अध्यक्ष मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु […]

उद्योग संगठन मोरङद्वारा भेन्डिङ मेसिन सहयोग

विराटनगर (अस) । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानिटरी भेन्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत मंसिरबाट यस क्षेत्रका उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने अभियान थालेको थियो । सोही अभियानअन्तर्गत यसअघि मोरङको टंकीसिनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन जडान गरिसकेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सञ्चालनमा ल्याएको अभियानअनुसार विराटनगरको एक स्कुल र एक उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ । महिला दिवस अवसरमा सामाजिक न्याय लैंगिक समानता दिगो विकास सुनिश्चतता नाराका साथ विराटनगरमा मंगलबार निकालिएको प्रभात फेरीमा संगठनका महिला उद्यमीले सहभागिता जनाएका थिए । भेन्डिङ मेसिन हस्तान्तरण कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोइराला, महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजुलगायत महिला उद्यमीको सहभागिता थियो ।

उद्योग संगठन मोरङ–श्रीलंकाली राजदूत भेटवार्ता

विराटनगर (अस) । उद्योग संगठन मोरङका प्रतिनिधि र श्रीलंकाली राजदूत हिमाली अरुणतिलकाबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित श्रीलंकालीे दूतावासमा हालै भएको भेटघाटमा द्विपक्षीय व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि आपसी अनुभव, शीप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ । सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच धार्मिक तथा सांस्कृतिक समानतालाई आर्थिक एवं व्यावसायिक महत्त्व र अवसरमा रूपान्तरणको सम्भावनाबारे संगठनले चासो राखेको उल्लेख गरे । पर्यटनको क्षेत्रमा श्रीलंका र नेपालबीच व्यावसायिक सम्बन्धको विकास, आपसी अनुभव तथा प्राविधिक ज्ञान आदान प्रदान गर्न नेपाली उद्योगी र श्रीलंकाका उद्योगीहरूबीच सम्बन्ध विस्तारका लागि सहजीकरण गरिदिन उनले राजदूतलाई अनुरोध गरे । संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले निर्यातमूलक उद्योगको प्रवद्र्धनका लागि श्रीलंकाले गरेको सफल अभ्यासका अनुभव तथा प्रयासबारे नेपाली उद्योगी जान्न र बुझ्न उत्सुक रहेको बताए । राजदूत अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायत धेरै क्षेत्रमा सहकार्यको सम्भावना रहेको भन्दै दुई मुलकका उद्योगी तथा व्यवसायीबीच सहजीकरण गर्न आपूm तयार रहेको बताए । दूतावासकै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इन्डस्ट्रिजबीच संस्थागत सहकार्यका लागि २७ जनवरीमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।

उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इन्नोभेशन कार्यक्रम शुरू

विराटनगर । उद्योग संगठन मोरङले नवीन योजनासहित छनोट गरेका नवउद्यमीका लागि चारदिने व्यावसायिक रूपान्तरण कार्यक्रम शुक्रवारदेखि शुरू भएको छ । संगठनको स्टार्टअप एण्ड इन्नोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीहरूको समूह यसमा सहभागी छ । शुभारम्म कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इन्नोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यासायिकतामा रूपान्तरण नगरेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उद्योग संगठन मोरङले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन उनले आग्रह गरे । चारदिने कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र शीपले स्टार्टअप व्यवसायीको दक्षता अभिवृद्धि गरिने उनको भनाइ छ । कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरूको सम्बन्धमा जानकारी दिइने उनले बताए । कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बूट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्नु अत्यावश्यक हुने बताए । उक्त कार्यक्रममा व्यापारलाई व्यावसायिक मोडलका रूपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन तथा परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायत विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिने उनले बताए । कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराई क्षेत्रबाट छनोट भएका कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीको सहभागिता रहेको बताइन् । बूट क्याम्पले छनोट भएका स्टार्टअको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गरी लगानीमैत्री बनाउन सघाउने उनको भनाइ छ । कार्यक्रममा स्टार्टअप व्ययवसायीका अतिरिक्त स्टार्टअप एण्ड इन्नोभेशन समितिका सदस्यहरू, साझेदार संस्थाका प्रतिनिधिका साथै परामर्शदाताहरू समेत सहभागी छन् ।

उद्योग संगठन मोरङद्वारा चार दिने बुट क्याम्प कार्यक्रम प्रारम्भ

असोज १५, विराटनगर । उद्योग संगठन मोरङले  शुत्रवारदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका २४ ओटा स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो ।             कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यासायिकतामा रुपान्तरण गर्न सकेमा मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए।             उनले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन सबैमा आग्रह गरे। यस्तो कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र सीपले स्टार्टअप व्यवसायीहरुको सोच र अवधारणाको व्यावसायिक विकासका लागि नयाँ सम्भावना र आयामहरुका बारेमा दक्षता अभिवृद्धि गरिने संयोजक गोल्छाको भनाइ थियो ।             कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बुट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्न अनुरोध गर्दै तालिम अवधिमा सहभागीहरुका व्यापारलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरी बिजनेस मोडल क्यान्भास तयार गर्ने बताए।            कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराईबाट छनोट भएका २४ ओटा स्टार्टअपहरुमा कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्टार्टअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै बुट क्याम्पले छनोट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउँदै लगानीमैत्री बनाउन सहयोग पुर्‍याउने बताइन् । रासस

उद्योग संगठन मोरङको उत्प्रेरणामूलक कार्यक्रम

उद्योग संगठन मोरङले उद्योगी व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि उत्प्रेरणामूलक कार्यक्रमको आयोजना गरेको छ । कोरोना महामारीका कारण उद्योग–व्यवसायलगायतका क्षेत्रहरुले भोग्नु परेको व्यावसायिक समस्या समाधानका लागि उद्देश्यले उद्योग संगठन मोरङ र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरेका हुन् ।कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै […]

उद्योग संगठन मोरङद्वारा उद्योगी व्यवसायीका लागि उत्प्रेरणामूलक कार्यक्रम आयोजना

भदौ ४, विराटनगर । उद्योग संगठन मोरङले संकटनका समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम शुक्रवार यहाँ सम्पन्न गरेको छ ।             वर्तमान महामारीका कारण उद्योग÷व्यवसायलगायतका क्षेत्रले भोग्नुपरेको व्यावसायिक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका सञ्चालक र उच्च व्यवस्थापकको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।      कार्यक्रमका संयोजक एवं संगठनका कार्य समिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीले वर्तमान समयमा सामना गर्नु परिरहेको आन्तरिक र बाह्य चुनौतीलाई ध्यानामा राखी आयोजना गरेको यस कार्यक्रमले उद्योगीलाई आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।            फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीलाई समेत आफ्नो व्यावसायिक रणनीतिलाई पुनः समीक्षा गर्न बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीले अबका दिनमा एक व्यावसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात् गर्नुपर्ने धारणा राखे।             श्रोत व्यक्ति साउथ एशिया सोसाइटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायका सम्बन्धमा प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न ऊर्जा प्राप्त हुने धारणा राखेका थिए । रासस

उद्योग संगठन मोरङद्वारा शीप विकास तालीम सञ्चालन

विराटनगर । उद्योगलाई मजदूर अभाव हुने र युवाहरू बेरोजगार हुने अवस्था अन्त्य गर्न उद्योग संगठन मोरङले शीप विकास तालीम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग संगठनले सञ्चालन गरेको तालीम लिएर युवाहरू उद्योगमा रोजगार हुन सक्नेछन् । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग सम्बोधन गर्न शीप विकास कार्यक्रम शुरू गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । ‘उद्योग व्यवसायमा दक्ष जनशक्ति अभावको समस्या समाधानमा सघाउन युवाहरूलाई तालीम दिने कार्यक्रम थालेका हौं,’ उनले भने । संगठनमा स्थापित इकाइले तालीम प्रदायक संस्थाहरूसँगको सहकार्यमा सम्बन्धित उद्योगमा औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससिप मोडेलमा तालीम सञ्चालनका लागि समन्वकारी भूमिका निर्वाह गर्नेछ । संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को मान्यता प्राप्त संस्थामार्फत तालीम सञ्चालन गर्ने अध्यक्ष प्याकुरेलले बताए ।   तालीमको समन्वयका साथै इकाइले उद्योगहरूबाट दक्ष जनशक्तिको क्षेत्रगत माग संकलन गर्नुका साथै उक्त मागका आधारमा अन्य क्षेत्रगत विषय पनि क्रमशः थप्दै लैजाने संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए । हेल्भेटास इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । औद्योगिक व्यवसाय ऐन २०७६ मा उत्पादनमूलक उद्योगमा कुल जनशक्तिमध्ये कम्तीमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखेमा त्यस्तो कामदारलाई प्रशिक्षण दिँदा दिनुपर्ने निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणना प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था छ ।