निर्वाचनले पार्टी फुटमा जाने महाधिवेशन प्रतिनिधिको चिन्ता

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दा एमाले पुनः फुटको बाटोमा जाने चिन्ता व्यक्त गर्दै सर्वसम्मतबाट नेतृत्व चयन गर्नुपर्ने माग गरेका छन्।चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा उपस्थित प्रतिनिधिहरूले निर्वाचनमा जाँदा ओली समूहले मात्रै जित्ने र अर्को समूहले हार्ने हुँदा पार्टी फेरि फुटको सँघारमा पुग्न सक्ने बताएका छन्। कैलालीबाट आएका प्रतिनिधि नरबहादुर खड्काले पार्टी निर्वाचनमा गएमा माओवादीबाट आएकाहरू र माधव नेपाल पक्षबाट आएकाहरूले चुनाव जित्न