शतप्रतिशत अकुपेन्सी नभई हल नखोल्ने चलचित्र संघको निर्णय

काठमाडौँ – चलचित्र संघले देशभरीको हल शतप्रतिशत अकुपेन्सी सञ्चालनमा नआएसम्म हल नखोल्ने निर्णय गरेको छ। चलचित्र संघले गठन गरेको टास्क फोर्सले ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न दिने निर्णय अव्यवहारिक भएको भन्दै तत्काल हल नखोल्ने निर्णय भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न […]

सम्बन्धित सामग्री

प्रिमियरमा हिजाेआजका कुरालाई सकारात्मक प्रतिक्रिया

काठमाडाैं : नेपाली चलचित्र ‘हिजोआजका कुरा’को प्रिमियर शो भएको छ। बुधवार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा विभिन्न कलाकारको उपस्थिति थियो। प्रिमियर शोपछि बोल्दै कलाकार किरण केसीले ‘हिजोआजका कुरा’ को विषयवस्तु सशक्त लागेको बताए।उनले भने, ‘हिजोआजका कुरा’ दिमागबाट निस्किएको उपज हो। सारा परिवारलाई लिएर सानो प्वाइन्टमा दर्शकको मनमा बस्न सफल छ। यो फिल्म शतप्रतिशत राम्रो छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बाहेक नखेल्ने घ

सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिनु पर्छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताए । अध्यक्षगोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता ,साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको बताए । उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे । अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए ।उनले भने ,‘अहिले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिनुपर्ने अवस्था छ । जसको कारण चलचित्र निर्माताहरुको निकै ठूलो क्षेति भोग्नुपरेको छ भने कतिपयको घरबार नै गएको स्थिति छ । चलचित्र निर्मातालाई प्रोजेक्ट लोन दिने सुविधा राज्यले गर्नु पर्ने छ । हामीले यस्तो खालको सुविधा अन्य साना र मझौला उद्योगहरुले पाउनुपर्छ भन्दै उठाउँदै आएका छौं । कोरोना महामारीको कारण भएको लकडान, बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने,विद्युत मिहशुल मिनाहा हुनुपर्ने आवाज यो क्षेत्रका व्यवसायीहरुको छ । प्राकृतिक सुन्दरताले भरिएको नेपालआन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ । तर चलचित्र छायाङ्कनको लागि खुला खरिएका क्षेत्रमा समेत छायाङ्कनमा समस्या खडा गरिएको गुनासो अहिले पनि बाक्लै आएका छन् । समस्याहरु धेरै छन् । सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै हदैसम्म समस्या समाधान हुने विस्वास रहेको छ । घोषणा गरेका नीति तथा कार्यक्रम सही रुपमा कार्यान्वयन गर्नुपर्छ । चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ । राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम हुन्छ त्योे चलचित्रको माध्यमबाट उठेको हुन्छ । त्यस कारण चलचित्रको विकास एकदमै आवश्यक छ । हामी सामाजिक प्राणी छौं । चलचित्रमा देखाएका धेरै कुराहरुबाट प्रभावित भएर सोच परिर्वतन  गर्ने भएकाले चलचित्रको विकास आवश्यक छ ।’अध्यक्ष गोल्छाले  सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे ।

बलिउडका एक यस्ता निर्देशक जसले ५ चलचित्र निर्देशन गरे, ती सबै सुपरहिट

एजेन्सी । हिन्दी सिनेमाका सबैभन्दा लोकप्रिय र सफल कथाकारहरूमध्ये एक राजकुमार हिरानीलाई शतप्रतिशत सफलता दरका साथ हिन्दी सिनेमाको एक मात्र फिल्म निर्माताको रूपमा श्रेय दिन सकिन्छ।

सिंगल हल बन्द हुँदा हराउला सिठ्ठी र तालीको रौनक ?

काठमाडौंको गोपिकृष्ण हलमा ७ वटा पर्दा थिए । एकसाथ यी हलमा ७ वटा चलचित्र चल्दा शतप्रतिशत अकुपेन्सीमा २४ सय भन्दा बढी दर्शकको भिड हुन्थ्यो । गोपिकृष्ण त्यही हल हो, जहाँ नेपाली चलचित्रका निर्माता दर्शकको भिड देखाएर चलचित्र हिट भएको खुशी साट्थे । अहिले चलेका सबैजसो स्टारले एकपटक गोपिकृष्णको बार्दलीमा पुगेर हात नहल्लाएसम्म चलचित्र चलेको र […]

शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने

काठमाडौं : गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले उपत्यकामा फिल्म हल संचालन गर्न अनुमति दिने निर्णय गर्‍यो। प्रशासनले स्वास्थ्य मापदण्ड पालना गराउँदै ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न अनुमति दिएको थियो। तर,  नेपाल चलचित्र संघले भने अहिलेकै अवस्थामा हलहरुमा फिल्म प्रदर्शन नहुने जनाएको छ। सोमवार बसेको संघको बैठकले…

तत्काल हल नखोल्ने चलचित्र संघको निर्णय

देशव्यापी रूपमा हल खुल्नुपर्ने र शतप्रतिशत दर्शक राख्न पाउनुपर्ने संघको माग छ । त्‍यसो नभएसम्म उपत्यकाका हलहरू नखोल्ने संघको अडान छ ।

शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय केही दिन अगाडि गरेको थियो । प्रशासनको यो निर्णयले चलचित्रकर्मी पनि उत्साहित भएका थिए । तर, चलचित्र संघले गठन गरेको टास्क फोर्सले भने तत्काल हल नखोल्ने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनले गरेको अव्यवहारिक निर्णयले तत्काल हल खोल्ने वातावरण […]

बजेटमा राहत प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७८/७९ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महीनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छूट दिने, साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क पूर्ण छूट दिने, मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शतप्रतिशत छूट, १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र त्यसभन्दा माथि ३० प्रतिशतसम्म छूट दिने अर्थमन्त्री विष्णु पौडेलले बताए । उत्पादनमूलक उद्योग, होटेल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छूट दिने, कोभिड प्रभावित होटेल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योगलगायत व्यवसायले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छूट दिई स्वतः नवीकरण हुने व्यवस्था बजेटमार्फत गरिएको छ । दूध, तरकारी, फलफूल, माछा, मासुलगायत नाशवान् उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजीकको बजार केन्द्रसम्म सहज आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदान उपलव्ध गराउने व्यवस्था बजेटले गरेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक र रोजगारदाताको जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने, सरकारी स्वामित्वका भवन तथा जग्गा भाडामा लिएकालाई निषेधाज्ञा अवधिभर ५० प्रतिशत भाडा छूट, कोभिड प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधामा निरन्तरता, साना तथा घरेलु उद्योगमा सहुलियतपूर्ण कर्जाको सीमा विस्तार, युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन चाहनेलाई नीतिगत सहजीकरण गर्ने अर्थमन्त्री पौडेलले बताए । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई १ महीना अवधिको पर्यटकीय भिसा निःशुल्क दिने व्यवस्था बजेटमा गरिएको छ । अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छूट दिने निर्णय सरकारले बजेटमार्पmत गरेको छ । यसैगरी कोभिड महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने निर्णय गरिएको छ । बजेटमार्फत आईसीयू, एचसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किट्स खरीदका लागि ४ अर्ब, खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड र कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?

अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन