बजेटमा राहत प्याकेज

काठमाडौं । शनिवार सार्वजनिक गरिएको आव २०७८/७९ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महीनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छूट दिने, साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क पूर्ण छूट दिने, मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शतप्रतिशत छूट, १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र त्यसभन्दा माथि ३० प्रतिशतसम्म छूट दिने अर्थमन्त्री विष्णु पौडेलले बताए । उत्पादनमूलक उद्योग, होटेल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छूट दिने, कोभिड प्रभावित होटेल, ट्राभल, ट्रेकिङलगायत पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योगलगायत व्यवसायले आगामी आर्थिक वर्षमा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छूट दिई स्वतः नवीकरण हुने व्यवस्था बजेटमार्फत गरिएको छ । दूध, तरकारी, फलफूल, माछा, मासुलगायत नाशवान् उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजीकको बजार केन्द्रसम्म सहज आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत अनुदान उपलव्ध गराउने व्यवस्था बजेटले गरेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक र रोजगारदाताको जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने, सरकारी स्वामित्वका भवन तथा जग्गा भाडामा लिएकालाई निषेधाज्ञा अवधिभर ५० प्रतिशत भाडा छूट, कोभिड प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधामा निरन्तरता, साना तथा घरेलु उद्योगमा सहुलियतपूर्ण कर्जाको सीमा विस्तार, युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन चाहनेलाई नीतिगत सहजीकरण गर्ने अर्थमन्त्री पौडेलले बताए । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई १ महीना अवधिको पर्यटकीय भिसा निःशुल्क दिने व्यवस्था बजेटमा गरिएको छ । अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पूरै छूट दिने निर्णय सरकारले बजेटमार्पmत गरेको छ । यसैगरी कोभिड महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने निर्णय गरिएको छ । बजेटमार्फत आईसीयू, एचसीयू, एचडीयू, भेन्टिलेटर, टेस्ट किट्स खरीदका लागि ४ अर्ब, खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड र कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

बाढी पीडितले सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेनन्

झन्डै चार महिनाअघि बेमौसमी वर्षासँगै आएको बाढीका कारण क्षति भोगेका सुनसरीका किसानले अझैसम्म पनि सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेका छैनन्। किसान राहतको प्रतिक्षामा छन्।...

बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको आश्वासन

झापा – प्रधानमन्त्री शेरबहादुर देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडितका लागि विशेष राहत प्याकेज ल्याउने आश्वासन दिएका छन्। आइतबार प्रदेश १ का बाढी-पहिरो क्षेत्रको निरीक्षणका लागि इलाम आइपुगेका प्रधानमन्त्री देउवाले उक्त आश्वासन दिएका हुन्। आइतबार उनले इलाम तथा पाँचथरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजका अतिरिक्त अबको मन्त्रिपरिषद् […]

बाढीपहिरो पीडितलाई सरकारले राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए । बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार यता आएका थिए । उनी शुक्रबार धनगढी हुँदै काठमाडौं फर्किंदैछन् । […]

सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन ग

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई स

निजी क्षेत्रको लागि विशेष राहत प्याकेज ल्याउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले विशेष राहत र पुनःस्थापनाको प्याकेज ल्याउने बताएका छन् ।   नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान प्याकेज तयार पार्नका लागि सरकारले गृहकार्य शुरू गरिसकेको बताए । नयाँ राहत प्याकेज ल्याउन विषयमा मन्त्रिपरिषदमा छलफल भइसकेको छ । प्रधानमन्त्रीले पनि राहत प्याकेज ल्याउनका लागि तयारी गर्नुहोस भन्नुभएको छ । हामी त्यसमा जुटेका छौं,’ शर्माले भने । परिसंघले शुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियानले निर्यात प्...

‘जीडीपीको पाँच प्रतिशत राहत प्याकेज ल्याऊ’

नेपाल चेम्बर अफ कमर्सले कोभिड महामारीलाई दृष्टिगत गरी आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव दिएको छ ।चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको राहत (स्टिमुलस प्याकेज) पूर्णरुपमा कार्यान्यवनमा नआएको भन्दै चेम्बरले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिएको छ । राहतस्वरुप ३ प्रतिशत […]

बाइडनले सार्वजनिक गरे १९ खर्ब डलरको राहत प्याकेज

२ माघ, काठमाडौं । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडनले कोरोना भाइरस (कोभिड–१९) बाट समस्यामा परेको अर्थतन्त्रमा सुधारको लागि १९ खर्ब डलरको राहत प्याकेज सार्वजनिक गरेका छन् । आगामी साताबाट राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्न गइरहेका बाइडनले महत्वपूर्ण मानिएको राहत कार्यक्रम सार्वजनिक गरेका हुन् । अमेरिकाको संसद्ले यदि यो प्याकेज पारित गरे १० खर्ब डलर अमेरिकी नागरिकहरुलाई […]