काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको डोटीमा उपचार भइरहेको छ । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस पूर्वीचौकी गाउँपालिका वडा नं ४ मा आज (बिहिबार) बिहान ५ बजे दुर्घटना भएकाे हाे । […]