रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुकाे उद्धार गरेका थिए ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, २५ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, विन्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार २५ जना घाइते भएका छन् । बलेफी गाउँपालिका–६ का ३५ वर्षीय राज तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, बसमा सवार २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बलेफी गाउँपालिका–६ का […]

रुकुममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।