एमाले महाधिवेशनमा आएका भाजपा नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगे

काठमाडौं : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भारतीय जनता पार्टी (भाजपा)का नेता डा हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।आज बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबर्द्धन द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेको देउवाको सचिवालयले जनाएको छ। उनीहरुसँगको भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महत पनि सहभागी थिए।

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा आएका भाजपा नेताले प्रधानमन्त्री भेटे

काठमाडौं, मंसिर १० । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई शुक्रबार बालुवाटार पुगेर भेटेका हुन् । उक्त अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसमेत सहभागी रहेका थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले […]

प्रधानमन्त्री देउवासँग भाजपा नेताको भेटघाट

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाड

आरजुको कुटनीतिः भाजपा नेता चौथाइवालेलाई राखी बाँधेर बालुवाटारमा स्वागत

काठमाडौं, ७ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो । बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे । आरजुले गेरु रङ्गको पोशाक लगाएकी थिइन् […]