प्रधानमन्त्री देउवासँग भाजपा नेताको भेटघाट

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए ।भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाड

सम्बन्धित सामग्री

कांग्रेस नेतृ आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाबीच भेटवार्ता भएको छ। उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच बुधबार भेटघाट भएको हो। छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन्।

आइतबार प्रचण्डले मोदीसँग ब्रेकफास्टसँगै भेटवार्ता गर्ने

काठमाडौँ। भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन् । शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले आइतबार भाजपा मुख्यालय भ्रमण गर्ने र भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्ष द्वारा […]

काँग्रेस–भाजपा सम्बन्ध: राखी कूटनीतिदेखि भाजपाका कार्यालयसम्म

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको रहेको बेला सबैभन्दा बढी चर्चा भारतीय जनता पार्टीको कार्यालयमा उनले गरेको भ्रमणको रहेको छ ।  चैत १८ गते भारत भ्रमणमा दिल्ली पुगेका देउवा भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डालाई भेट्न दिल्लीको ६ ए दिनदयाल उपाध्याय मार्ग पुगेका थिए । भाजपाको कार्यालय पुग्नुअघि प्रधानमन्त्री देउवा विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट्ने कार्यतालिका तय भए पनि कहाँ भेट्ने स्

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  नेपालका प्रधानमन्त्री देउवा भारत भ्रमणमा, उच्चस्तरीय भेटघाट सुरु भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । त्यसपछि देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । […]

भाजपा कार्यालयमा देउवा :  सम्बन्ध सुधारका नाममा ‘उत्ताउलो’ कूटनीति

१८ चैत, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । मुलुकको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएका देउवाले विपक्षी दलका नेतासँग भेटघाट गर्ने कार्यसूचीसमेत छैन । तर सत्तारुढ भाजपाको भने पार्टी कार्यालय पुगेपछि दुवै देशको कूटनीतिक वृत्तमा तरंग पैदा भएको […]

प्रधानमन्त्रीको भारत भ्रमण अघि आरजुले थालिन् दिल्लीमा राजनीतिक भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भइरहेका बेला नयाँदिल्ली पुगेकी श्रीमती आरजु राणाले राजनीतिक भेटघाट थालेकी छन् । उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन् ।

भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं ।  भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।