सेफ हाउस नहुँदा समस्या, बेवारिसे महिला दुई सातादेखि प्रहरी कार्यालयमा

७ असार, सप्तरी । देशमा संघीयता लागू हुनु अघिसम्म महिला तथा बालबालिका कार्यालय थियो । यो कार्यालयले महिला तथा बालबालिकाको हकमा बिभिन्न गतिविधि गर्दै आएको थियो । सोही कार्यालयको मातहतमा महिला सेफ हाउसको संरचना पनि थियो । अन्यायमा परेका, बलात्कृत, बेसहारा महिला तथा बालिकालाई राख्ने सुरक्षित स्थलको रुपमा सेफ हाउस थियो …

सम्बन्धित सामग्री

खुम्बु घुम्न आएका दुई विदेशी बेपत्ता

सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी पर्यटक तीन सातादेखि वेपत्ता भएका छन् । खुम्बु क्षेत्र आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एक सातादेखि बेपत्ता महिलाको शव फेला

रुकुम पूर्व : सिस्ने गाउँपालिका–५ की एक महिला हराएको एक सातापछि मृत भेटिएकी छन्। सिस्ने–५ रुकुमकोटकी २९ वर्षीया सुफिया शाह घरबाट हराएको एक सातापछि मृत अवस्थामा फेला परेकी हुन्।शाह पुस १ गते घरबाट हराएको उनको परिवारले बताएका छन्। परिवारले खोजी गर्दा शाह नभेटिपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेका थिए।शाहलाई खोजी गर्ने क्रममा बुधबार (आज) बिहान स्थानीयले सिस्ने–५ कै तारागाउँ नजिक मृत फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए। शाह बाटोबाट लडेर मृत्यु भए

प्रहरीले उजुरी नलिएपछि आयोगमा

बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

नगर कार्यालयमा बलात्कार प्रयास घटना : प्रहरीले मुद्दा नलिएपछि आयोगमा

बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले मुद्दा दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

७ दिनदेखि हराइरहेकी महिला मृत फेला

गोरखा । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव […]

एक सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखा, ७ मंसिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । […]

एक सातादेखि हराइरहेकी एक महिलाको शव भेटियो

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताउनुभयो । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिनुभयो । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ । एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।(रासस)

कञ्चनपुरमा लकडाउनको अवधिमा ७२ जनाको आत्महत्या

महेन्द्रनगर : सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन्। लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा