सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई जना विदेशी पर्यटक तीन सातादेखि वेपत्ता भएका छन् । खुम्बु क्षेत्र आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।