एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर ग