बर्दिया प्रहरीको ‘नो ड्रग्स’ अभियानबाट २५ सय लाभान्वित

जसमा २५०० बढी सर्वसाधारणहरू लाभान्वित भएको र यस प्रकारका गतिविधिहरूलाई विभिन्न निकायहरूसँग समन्वय गरी जारी राखिएको उनले बताए।

सम्बन्धित सामग्री

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए। उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ । 'भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौँडासम्म लैजानुपर्ने बाध्यता थियो', अध्यक्ष भट्टराईले भने, 'बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।' शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए। 'शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई बरदान सावित भएको छ', उनले भने, 'यसअघि बीउ जोगाउन काठमाडौं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।' यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए। 'विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ', उनले भने, 'पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।' भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गरे। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया शुरू गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम शुरू गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार सहकारीमा ३ हजार ७१४ शेयर सदस्य रहेका छन् । कूल शेयर पुँजी  ९७ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको उनले जानकारी दिए । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो । 'अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ', अध्यक्ष भट्टराईले भने, 'गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।' जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो । आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उनको भनाइ थियो । रासस

सिटिजन्स बैंक र गैंडा क्याम्प होटलबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ ।बैंकका कार्डबाहक ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।मोबाइल बैकिङमार्पmत खानेपानी, […]

सिटिजन्स बैंक–बर्दिया गैंडा क्याम्प होटल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ । हाल सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था गरिएको बैंकले बताएको छ । हाल बैंकले १७४ शाखा, १२३  एटीएम र ९० शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले दाबी गरेको छ ।बैंकले हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था पनि गरेको छ । मोबाइल बैं

ज्योति विकास बैंकद्वारा ४ अस्पताललाई बेबी वार्मर सहयोग

काठमाडौं (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका थप ४ अस्पताललाई बेबी वार्मर सहयोग  गरेको छ ।  बैंकले प्युठानको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, बाँकेको महादेवपुरी स्वास्थ्य चौकी, बर्दियाको बर्दिया जिल्ला अस्पताल र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयलाई राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै बनाएको बेबी वार्मर उपलब्ध गराएको हो । अस्पतालमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारी, सम्बन्धित स्वास्थ्य संस्थाका अधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमाm सो बेबी वार्मर औपचारिक हस्तान्तरण गरिएको छ । कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम दिइएको थियो । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सम्बन्धित स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउनेहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बैंकले हालै परवानीपुरको लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौंडाको हेटौंडा अस्पताल, फापरबारीको बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुरको चन्द्रनिगाहपुर अस्पताल र सुनसरीको इनरुवा अस्पताललाई एक–एक थान बेबी वार्मर प्रदान गरेको थियो ।

३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’को नयाँ कार्यक्रम लागू

कैलाली । कैलाली र कञ्चनपुर लगायत सात जिल्लामा ३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’ परियोजनाले नयाँ कार्यक्रम सुरु गरेको छ । २ वर्षसम्म सञ्चालन हुने परियोजनाले कैलाली, कञ्चनपुर बर्दिया, बाँके, सुर्खेत दाङ र कपिलवस्तुमा ३४ हजार बढी किसान र लघु, साना तथा मझौला उद्योगीहरूलाई सहज हुने अपेक्षा गरिएको छ । बिहीबार कञ्चनपुरमा आयोजना गरिएको […]

प्रदेश बेस बनाई बुद्ध एयरको उडान : गण्डकी–लुम्बिनीका दुई शहरमा शुरू हुँदै

काठमाडौं (अस) । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले प्रदेशलाई बेस बनाएर आगामी आइतवारदेखि पोखरा–नेपालगञ्जमा सीधा उडान गर्ने भएको छ । कम्पनीले साउन १७ गते आइतवारदेखि सातामा ३ दिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा सीधा उडान गर्ने कार्यतालीका सार्वजनिक गरेको हो । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर उडान गर्दै आएको कम्पनीले केही समयअघि प्रदेशस्तरमा उडान गर्ने योजना अघि सारेअनुसार गण्डकीको पोखराबाट लुम्बिनीको नेपालगञ्जमा सीधा उडान गरिने जानकारी दिएको छ । शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले साताको ३ दिन आइतवार, बुधवार र शुक्रवार यो रूटमा उडान गर्ने घोषणा गरेको छ । उक्त सेवा विस्तारले दुवै शहरका जनता लाभान्वित हुने भन्दै कम्पनीले केही समयपछि यात्रुको मागअनुसार दैनिक उडान गर्ने योजना रहेको उल्लेख गरेको छ । यसैगरी सो उडानबाट दुवै शहरका पर्यटकीय गन्तव्यमा चहलपहल पनि अपेक्षा गरिएको कम्पनीका बजार निर्देशक रूपेश जोशीले बताए । नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीको चिसापानी जस्ता पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनको भनाइ छ । पोखराको पर्यटकीय क्षेत्रका साथै हिमाल हेर्न नेपालगञ्जबाट आन्तरिक तथा भारतीय पर्यटक समेत आउन सक्ने कम्पनीले बताएको छ । नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक आकर्षित हुने कम्पनीको अनुमान छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक ‘होलिडे प्याकेज’ सञ्चालनको तयारी गरेको छ । कोभिडकै समयमा बुद्धले एउटा एटीआर जहाज थपेको छ । यससँगै कम्पनीसँग ७२ सिट क्षमताका १० ओटा एटीआर–७२ जहाज छन् भने ४२ सिटका तीनओटा एटीआर र दुईओटा बिचक्राफ्ट जहाज छन् । उडान सेवा सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरिएको भन्दै कम्पनीले अहिले कोभिडकै बीच उल्लेख्य संख्याका यात्रुले हवाई यात्रा रोजेको बताएको छ ।