प्रदेश बेस बनाई बुद्ध एयरको उडान : गण्डकी–लुम्बिनीका दुई शहरमा शुरू हुँदै

काठमाडौं (अस) । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले प्रदेशलाई बेस बनाएर आगामी आइतवारदेखि पोखरा–नेपालगञ्जमा सीधा उडान गर्ने भएको छ । कम्पनीले साउन १७ गते आइतवारदेखि सातामा ३ दिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा सीधा उडान गर्ने कार्यतालीका सार्वजनिक गरेको हो । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर उडान गर्दै आएको कम्पनीले केही समयअघि प्रदेशस्तरमा उडान गर्ने योजना अघि सारेअनुसार गण्डकीको पोखराबाट लुम्बिनीको नेपालगञ्जमा सीधा उडान गरिने जानकारी दिएको छ । शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले साताको ३ दिन आइतवार, बुधवार र शुक्रवार यो रूटमा उडान गर्ने घोषणा गरेको छ । उक्त सेवा विस्तारले दुवै शहरका जनता लाभान्वित हुने भन्दै कम्पनीले केही समयपछि यात्रुको मागअनुसार दैनिक उडान गर्ने योजना रहेको उल्लेख गरेको छ । यसैगरी सो उडानबाट दुवै शहरका पर्यटकीय गन्तव्यमा चहलपहल पनि अपेक्षा गरिएको कम्पनीका बजार निर्देशक रूपेश जोशीले बताए । नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीको चिसापानी जस्ता पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनको भनाइ छ । पोखराको पर्यटकीय क्षेत्रका साथै हिमाल हेर्न नेपालगञ्जबाट आन्तरिक तथा भारतीय पर्यटक समेत आउन सक्ने कम्पनीले बताएको छ । नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक आकर्षित हुने कम्पनीको अनुमान छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक ‘होलिडे प्याकेज’ सञ्चालनको तयारी गरेको छ । कोभिडकै समयमा बुद्धले एउटा एटीआर जहाज थपेको छ । यससँगै कम्पनीसँग ७२ सिट क्षमताका १० ओटा एटीआर–७२ जहाज छन् भने ४२ सिटका तीनओटा एटीआर र दुईओटा बिचक्राफ्ट जहाज छन् । उडान सेवा सञ्चालनमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरिएको भन्दै कम्पनीले अहिले कोभिडकै बीच उल्लेख्य संख्याका यात्रुले हवाई यात्रा रोजेको बताएको छ ।

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनापछि काठमाडौं-सिमरा रूटमा हवाई यात्रु घटे

बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ । काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो । यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले […]

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो । […]

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ । -न्युज कारखाना

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

नेपालगन्जमा विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो

काठमाडौँ । नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगन्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केही बेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनीत शाहले बताए । जहाज ल्यान्ड हुने बेला ठोक्किएको खरायोको मृत्यु भएको […]

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानमा खरायो ठोक्कियो

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजमा खरायो ठोक्किएको छ। काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज ल्यान्ड हुने बेलामा खरायो ठोक्किएको हो। घटना राति पौने आठ बजेको हो। बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए। जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको छ। जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो। अहिले उडान सुचारु […]

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

नेपालगञ्ज – बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ। आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो। बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ। बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ। आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा […]

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।  यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो । उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।

पोखरा–नेपालगञ्ज सिधा उडान शुरु गर्दै बुद्ध एयर

साउन ८, कास्की । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान गर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।  उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।     यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जानकारी दिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले संक्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ । पछिल्ला दिनमा हवाई यात्रुको संख्या पनि क्रमशः बढिरहेको कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।

भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।