पाेखराका कांग्रेसलाई दम्भ नदेखाउन माधवको आग्रह

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैलाई दम्भ नदेखाउने आग्रह गरेका छन्। पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दम्भले सखापको बाटोमा लगेको बताउँदै कम्युनिष्ट र कांग्रेसका नेताहरूले पनि दम्भ नदेखाउने आग्रह गरेका हुन्।अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट र कांग्रेस सुरुदेखि नै जनताको माझमा आफ्नो विचार लिएर अफ्ठ्यारो बीचमा मिलेरै गएका छौँ आज मात्रै होइन। यसभन्दा अघि पनि कांग्रेस र कम्युनिष्ट मिलेर सरका

सम्बन्धित सामग्री

सत्ता पक्षमा बहुमतको दम्भ देखियो : कांग्रेस

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विपक्षी दलहरूले वेल घेराउ …

कांग्रेसले बेइमानी रूप देखायो, दम्भ देखाए सकिन्छ: सुदेश पराजुली

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गठबन्धनमा कसैले दम्भ नदेखाउन आग्रह गरेका छन् । सत्ता गठबन्धनसहित चुनावमा होमिएको बेलामा कसैले दम्भ देखाउन नहुने उनले बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘ठूलो पार्टी/दल हुँ भन्नेले ठूलै इमानदारिता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी […]

कांग्रेसलाई पनि एमालेलाई जसरी ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई नेकपा एमालेलेजस्तो अहंकार र दम्भ नदेखाउन आग्रह गरेका छन्। माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा सम्बोधन गर्दै उनले माओवादीलाई कमजोर नसोच्न आग्रह...

दम्भ नदेखाउन कांग्रेसलाई प्रचण्डको आग्रह, एमालेलाई जस्तै ठेगान लगाईदिने चेतावनी

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसलाई ठुलो पार्टी हुनुमा दम्भ नदेखाउन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठुलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन आग्रह गरेका हुन् । उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए  । उनले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए । अध्यक्ष दाहालले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए । उनले भने  ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठुलो बनाउँछ । कहिले कांग्रेसलाई ठुलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहान्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाईबाट अर्को अर्थ नलगाउनु होला ।’अध्यक्ष दाहालले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताए । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उनले जिकिर गरे । उनले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए । उनले भने ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरुलाई जनताले जसरी अपवादको रुपमा भन्छु । कोही कोही साथीहरुले भन्नुभयो भोली त ७५३ मै त्यस्ता हुन्छन् भन्ने कुरा होइन है । यो भ्रममा हामी कोही नपरौँ । अझै कयौँ दशकसम्म पार्टीहरुले नै बिग्रे पनि सप्रे पनि राज्य तिनीहरुले नै गर्छन् देशमा । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहीँ होइन । काठमाडौं र धरान चाहीँ अलि भिन्न छन् । अरु कोही स्वतन्त्र मैले ठान्या छैन । तर ति भिन्नलाई मैले हेर्दा के देख्छु भने उनीहरुले माओवादीको जस्तो कुरा गरेका छन् । त्यसो भएर जनताले मत दिएको हो । हिजो हामीले जे भन्थ्यौँ जनताको सेवा गर्ने, धारो, पानि, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सब सिध्याउँछौ भनेर भनेको होइन ? हामीले राम्रो सँग नगरेको देखेपछि ल हेर ति तिमीहरुले गर्दैनौँ भने हामी यसो गरिदिन्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ मलाई । त्यो हाम्रो लागि सबक हो । हामी आफुलाई जनताको सेवाको निम्ति समर्पित हुनको निम्ति एउटा पाठको रुपमा लिनुपर्छ । त्यसलाई नकारात्मक रुपमा लिने कुराको केही अर्थ हुँदैन । तर स्वतन्त्रले नै देशमा चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो । उहाँहरु कुनै न कुनै रुपमा पार्टीहरुसँग समन्वय गरेर मात्रै आफ्नो कामलाई अगाडी बढाउन सक्ने स्थिति हुन्छ । अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो बिल्कुल हुन सक्ने कुरा होइन ।’उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए ।

शक्तिशाली भएको दम्भ नराख्नुस् : माधव नेपालले गरे कांग्रेसलाई आग्रह

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन्। उनले सत्तारुढ गठबन्धनले आइतबार पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेससँग यस्तो आग्रह गरेका हुन्।उनले दम्भकै कारण नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुने निश्चितप्रायः भएको बताए। ‘कहिलेकाहीँ कांग्रेसमा दम्भ देखिन्छ- हामी धेरै शक्तिशाली छौँ। दम

केन्द्रीय सदस्यहरुलाई ओलीको निर्देशन : दम्भ देखाउने होइन, शालीन हुनुहोस्

चितवन : नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यलाई शालीन र अनुशासित बन्न निर्देशन दिएका छन्। चितवनको सौराहामा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई समापन गर्दै अध्यक्ष ओलीले नेताको जस्तो व्यवहार गर्न आग्रह केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन्।पुराना नेताले असल तौर तरिका नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए।‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ। नेता झैं व्यव

अहंकार र दम्भ भएको मानिस नेता हुँदैन : नवनिर्वाचित अध्यक्ष ओली

प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।

हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुनुपर्छ : नेता गौतम

काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले आ–आफ्नो हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन आग्रह गरेका छन्। मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवसको अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै यस्तो आग्रह गरेका हुन्। उनले पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको आरोप लगाए। भण्डारी र प्रश्रितले निर्माण गरेको समाजवादको बाटो आफूले पछ्याइरहेको बताउँदै एमालेसहित वाम एकतामा जोड दिए।