दम्भ नदेखाउन कांग्रेसलाई प्रचण्डको आग्रह, एमालेलाई जस्तै ठेगान लगाईदिने चेतावनी

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेसलाई ठुलो पार्टी हुनुमा दम्भ नदेखाउन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठुलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन आग्रह गरेका हुन् । उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएको बताए  । उनले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिए । अध्यक्ष दाहालले माओवादी केन्द्र गठबन्धनलाई कायम राखेरै अघि बढ्न चाहेको बताए । उनले भने  ‘हामीलाई मानिसहरुले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफै त केही गर्दैन कहिले एमालेलाई ठुलो बनाउँछ । कहिले कांग्रेसलाई ठुलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । अहंकार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । अब यो हाम्रो बाध्यता पनि छ । आवश्यकता पनि छ । हाम्रा कतिपय कमीहरु पनि होलान् । हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हाम्रो उद्देश्य त राम्रो उद्देश्यका साथ हामीले गरेको हो नि । तर यति धेरै अहंकार आयो त्यसको लिडरशिपमा सबै हामी नै हो भनेजस्तो ग¥यो । हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो । अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौँ । मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो । हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ । हाम्रो अर्को केही छैन । हामी गठबन्धन लाने । तर हामी चिन्तित छौँ यतिबेला । फेरी कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई । त्यसकारण म कांग्रेसका नेता साथीहरुलाई र कांग्रेस पार्टीलाई पनि भन्न चाहान्छु अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त गर्दै गर्दैन । हामी गठबन्धन कायमै राखेर जान चाहान्छौँ । यो दुविधामा कोही पनि नपर्नुहोला है । मेरो भनाईबाट अर्को अर्थ नलगाउनु होला ।’अध्यक्ष दाहालले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताए । निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरुले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका उनले जिकिर गरे । उनले देशमा अझै कयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए । उनले भने ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरुलाई जनताले जसरी अपवादको रुपमा भन्छु । कोही कोही साथीहरुले भन्नुभयो भोली त ७५३ मै त्यस्ता हुन्छन् भन्ने कुरा होइन है । यो भ्रममा हामी कोही नपरौँ । अझै कयौँ दशकसम्म पार्टीहरुले नै बिग्रे पनि सप्रे पनि राज्य तिनीहरुले नै गर्छन् देशमा । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहीँ होइन । काठमाडौं र धरान चाहीँ अलि भिन्न छन् । अरु कोही स्वतन्त्र मैले ठान्या छैन । तर ति भिन्नलाई मैले हेर्दा के देख्छु भने उनीहरुले माओवादीको जस्तो कुरा गरेका छन् । त्यसो भएर जनताले मत दिएको हो । हिजो हामीले जे भन्थ्यौँ जनताको सेवा गर्ने, धारो, पानि, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सब सिध्याउँछौ भनेर भनेको होइन ? हामीले राम्रो सँग नगरेको देखेपछि ल हेर ति तिमीहरुले गर्दैनौँ भने हामी यसो गरिदिन्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ मलाई । त्यो हाम्रो लागि सबक हो । हामी आफुलाई जनताको सेवाको निम्ति समर्पित हुनको निम्ति एउटा पाठको रुपमा लिनुपर्छ । त्यसलाई नकारात्मक रुपमा लिने कुराको केही अर्थ हुँदैन । तर स्वतन्त्रले नै देशमा चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो । उहाँहरु कुनै न कुनै रुपमा पार्टीहरुसँग समन्वय गरेर मात्रै आफ्नो कामलाई अगाडी बढाउन सक्ने स्थिति हुन्छ । अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो बिल्कुल हुन सक्ने कुरा होइन ।’उनले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए । अध्यक्ष दाहालले माओवादी केन्द्रले जितेका स्थानीय तहहरुमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशन समेत दिए । 

सम्बन्धित सामग्री

सांसद सिंहको आक्रोशः बालेनको दम्भ बढेको छ

काठमाडौँ – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई चेतावनी दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँ महानगरपालिका प्रमुखको दम्भ बढेको बताए। उनले काठमाडौँले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भए पनि मधेसका मान्छेहरुलाई अपमान गरिएको आरोप लगाए। उनले करमा दर्ता गरेर कवाडी […]

दम्भ देखाए एमालेलाई झैं ठेगान लगाउने धम्की

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् । नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ […]

कांग्रेसलाई प्रचण्डको चेतावनी- दम्भ देखाए एमालेलाई जस्तै ठेगान लगाइदिन्छौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा दम्भ र अहंकार चुलिएर माओवादीलाई केही पनि होइन भने एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्। बुधबार काठमाडौँमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनाव आउनै लाग्दा कांग्रेसमा दम्भ देखिने आशंका बढेको बताएका हुन्। स्थानीय तहको चुनावपछि एमालेसँग फेरि माओवादीको सहकार्य हुने चर्चा सुरु भएका बेला दाहालले कांग्रेसलाई अहंकार देखाए […]

कांग्रेसलाई प्रचण्डको चेतावनी : एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पनि माओवादी केन्द्रलाई हेप्न खोजे एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिएका छन्। आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण दिँदै उनले कांग्रेसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तै दम्भ र अहंकार देखाउन थालेको बताएका हुन्। प्रचण्डले कांग्रेसलाई चेतावनी दिँदै भने, ‘कांग्रेसलाई पनि भन्न चाहन्छु। अहंकार र दम्भले कसैको हित गर्दैन। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवाद

प्रचण्डले दिए कांग्रेसलाई ठेगान लगाउने चेतावनी

काठमाडौं, १८ जेठ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवार्चनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा पनि अहंकार र दम्भ चुलिए एमालेलाई जसरी ठेगान लगाउने चेतावनी […]

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन् । हिजो (आइतबार) मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । […]

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : मन्त्री झाक्री

काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्। उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धन

दम्भ नदेखाउन ओलीलाई बैद्यको चेतावनी

२० असार, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । महासचिव बैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने दावी समेत गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैद्यले उत्पादन वृद्धि नगर्ने तर विकास …