सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ ।
पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर(नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो ।
छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए...