वालिङमा घरको नक्सा पास गर्न नगरपालिका धाउनु पर्ने बाध्यता हट्यो, 'फाइलबारे घरमै जानकारी'

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।  फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए ।  नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास व्यवस्थापन प्रणाली (ईबीपीएस) अनुसार काम अगाडि बढिरहेको उनले बताए । ‘नगरपालिकाको ईबीपीएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ’, अर्यालले भने, ‘सूचीकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।’ अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताए । फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरू अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको उनले बताए ।  वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको शुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउँछन् ।  अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शङ्कर बस्यालले बताए । ‘यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन’, उनले भने, ‘अनलाइन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ ।’ अनलाइन प्रणालीबाट काम गर्दा कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजर र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ । रासस 

सम्बन्धित सामग्री

घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !

चितवन : भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ। महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन्। नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा…

दाङ : तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिस नदिने निर्णय गरेको हाे । उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो ।&n...

बनिसकेका घरको नक्सा पास गर्न महानगरमा ७ हजार बढी निवेदन

२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्माण सम्पन्न भइसकेका घरको नक्सा पास गर्न ७ हजारभन्दा बढी निवेदन परेको छ । गत २३ भदौ २०७९ मा मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न महानगरले ९० दिनको समय दिंदै निवेदन आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानेर अहिले नक्सा पास गर्न […]

अनलाइन बाटै घरको नक्सा पास ब्यवस्था: वालिङ् नगरपालिका

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका भित्र अब नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने बाध्यता हटेको छ । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत दिएको छ। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले […]

इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने

सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ ।  पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर(नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए...

इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने

१४ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर-नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । विद्युतीय […]

नक्सा पास गर्न ५ बिरुवा रोप्नुपर्ने नियम ल्याउँदै धरानका मेयर हर्क

काठमाडौं : धरानमा एउटा घरको नक्सा पास गर्न पाँच वटा विरुवा रोप्नुपर्ने नियम लागू हुने भएको छ।धरान उप-महानगरपालिकामा मेयर हर्क साम्पाङले घर निर्माणमा बिरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू गर्न लागिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।सामाजिक सञ्जाल फेसबुमा उनले ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तिमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागू गरिनेछ।’

अब धरानमा घरको नक्सा पास गर्न विरुवा अनिवार्य रोप्नुपर्ने

काठमाडौं, २६ असोज । अब धरान उपमहानगरपालिका भित्र घर बनाउने नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा रोप्नुपर्ने नियम लागु हुने भएको छ । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन अनिवार्य रुपमा विरुवा रोप्नुपर्ने नियम लागु गर्ने बताएका हुन् । यो नियम चाडैनै उपमहानगरभित्र लागु गरिने जानकारी […]

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौरदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । ३५ दिने सूचना !