प्रिमियर लिगमा न्युक्यासलसँग चेल्सी १–० गोलले पराजित

काठमाण्डाै -  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ । चेल्सी न्युक्यासलसँग १–० गोलले पराजित भएकाे हाे । जितसँगै न्युक्यासलको १५ खेलमा ३० अङ्क भएको छ । न्युक्यासल अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, लिभरपुलले साउथ ह्याम्पटनलाई ३–१ गोलले हराएको छ । जितसँगै लिभरपुलको १४ खेलमा २२ अङ्क भएको छ । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलमा टोटनह्याम लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। १५ खेलमा २९ अङ्क रहेको टोटनह्याम अङ्क तालिकाको चौथो...

सम्बन्धित सामग्री

वल्भेससँग पनि हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिसमस इभमा चेल्सी वल्भेससँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा चेल्सी वल्भेससँग २-१ ले पराजित भएको छ। जारी सिजन निरासाजनक यात्राबाट गुज्रिरहेको चेल्सीको यो प्रिमियर लिगमा आठौं हार हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सी विरुद्ध घरेलु टोली वल्भेसले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो। उसका लागि मारिओ […]

इंग्लीश प्रिमियर लिगमा आर्सनलकाे सहज जित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् । शीर्ष स्थानको आर्सनलले टोटन ह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले पराजित गरेकाे हाे । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटन ह्यामका गोलरक्षक ह्युगो लोरिसले एक आत्मघाति गोल गरेका थिए । आइतबार राति भएको अर्को लण्डन डर्बीमा […]

प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । मंगलबार राति भएका खेलमा चेल्सीले एएफसी बर्नेमाउथलाई र म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई पराजित गरेका हुन् । लण्डन क्लब चेल्सीले आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई २–० ले पराजित गरेको हो । चेल्सीको लागि काइ हार्भट्ज र मेसन माउन्टले एक एक गोल गरे […]

आर्सनललाई पाँच अंकको अग्रता, लिभरपुल र टोटेनह्याम विजयी हुँदा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा शनिबार भएका खेलमा आर्सनलले आफ्नो उपाधि दाबेदारी कायम राख्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। आर्सनलले वुल्भ्सलाई २-० ले पराजित गर्दा दुवै गोल मार्टिन ओडेगार्डसको नाममा रह्यो। आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ। शनिबारकै पहिलो खेलमा म्यानचेस्टर सिटी भने ब्रेन्टफर्टसँग २-१ ले पराजित भएको थियो। त्यस्तै, प्रिमियर लिग फुटबलमा नै […]

इंग्लिश प्रिमियर लिगमा चेल्सी र आर्सनलकाे जित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितका लागि मासन माउन्ट एक्लैले दुई गोल गरेका थिए । खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाति अग्रता दिलाएका माउन्टले खेलको ६५ औं मिनेटमा […]

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित : वेस्टह्याम पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो । वेस्ट ह्यामले खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए । जितसँगै चेल्सी अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा १० अङ्क छ । अर्क...

प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो । कोनर गलाघेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

इंग्लीश प्रिमियर लिगमा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ । यो जितसँगै लिग तालिकाको रेलीगेशन क्षेत्रमा संघर्षरत एभर्टनलाई केही राहत मिलेको छ । ३३ खेलबाट ३२ अंक जोडेको एभर्टन तालिकाको १८ औं स्थानमा […]

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ । पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ । २९ खेलमा म्यानचेस्टर सिटी ७० अङ्कका साथ शीर्षस्थानमा कायमै छ । ६९ अङ्कका साथ लिभरपुल दोस्रो र २८ खेलमा ५९ अङ्कका साथ चेल्सी तेस्रो स्थानमा छ । &n...