काठमाडौं : कोभिड १९ संक्रमणको दोस्रो लहरसँगै देश अहिले निषेधाज्ञामा छ। संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा थप कडा निषेधाज्ञा लागू गरिएको छ। नयाँ संक्रमितको संख्यामा पहिलभन्दा कमी आएपनि ढुक्क हुने अवस्था छैन। काठमाडौं उपत्यकामा दैनिक करिब दुई हजारको संख्यामा संक्रमितहरु थपिँदै आएका छन्। यी मध्ये धेरैजसो होम आइसोलेसनमा छन्।…