बढ्यो ओमिक्रोन : के भन्छन् काठमाडौंका सिडियो र सीसीएमसीसी ?

 केही दिनयता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ उकालो लागेको छ । संक्रमणको जोखिम बढ्न थालेपछि व्यवसायी एवं आम मानिसले सोध्न थालेका छन्– अब के हुन्छ ? के अब फेरि लकडाउन हुन्छ ?संक्रामक ओमिक्रोन भेरियन्ट धमाधम पुष्टि भइरहेको हुनाले संक्रमितको ग्राफ बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको आँकडाअनुसार नेपालभर संक्रमितको संख्या ९६८ पुगेको छ । थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्था रहन निर्देशनसमेत दिइ

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध व्यवस्थापन(सम्पादकीय)

कोरोना (कोभिड–१९) कोे बढ्दो सङ्क्रमणसँगै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले मुलुकभरका सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनयताको तथ्याङ्क विश्लेषण गर्दा विश्वका साथै नेपालमा पनि कोरोना तथा ओमिक्रोन भेरियन्टको सङ्क्रमण निकै आक्रामक ढङ्गबाट बढिरहेको स्पष्ट रूपमा देखिन्छ । एक हप्ताअघिसम्म नेपालमा दैनिक एक सयको हारहारीमा कोरोना सङ्क्रमित देखापरिरहेको स्थितिमा केही दिन यतादेखि यो सङ्ख्या बढ्दै गएर दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजार चार सयसम्म पुगिसकेको आँकडा छ । स्थिति यहीँ रहेमा केही दिनमा यो सङ्ख्या निकै आकाशिने स्पष्ट छ ।

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयाे ।   कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणसमेत बढ्न थालेकाले विद्य...

लकडाउन र अतिरिक्त मात्रा खोपको विषयमा के छलफल भयो ? फेरि लकडाउन लाग्ला?

झन्डै एक हजार जनालाई एकै दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिममा रहेका व्यक्तिहरूका लागि तेस्रो मात्रा खोप दिन निर्देशन दिएका छन्।कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले निश्चित समूहहरूलाई माघको पहिलो साताबाट अतिरिक्त मात्रा खोप दिने प्रक्रिया अघि बढाएको बताएका थिए।यसअघि यसै सातादेखि अतिरिक्त मात्रा दिने अभियान भनेर तय गरिएको कार्यक्रमलाई मन्त्रालयले रद्द गरेको थियो।निर्देशक समितिको बैठकपछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो।त्यसअघि शुक्रवार अपराह्न मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताएका थिए।सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन्।सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपाल भन्छिन्, 'छलफलमा 'हामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छ' भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।'प्रधानमन्त्रीका तीन निर्देशनउक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताइन्।सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उनले बताइन्।प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए।त्यसक्रममा उनले निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई तेस्रो मात्रा खोपको व्यवस्थापन गरी छिटोभन्दा छिटो अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका थिए।प्रवक्ता नेपालले थपिन्, 'स्वास्थ्य मन्त्रालयको तर्फबाट उहाँहरूले हामी माघको पहिलो हप्ताबाट सुरु गर्न सक्छौँ भन्नुभएको छ।'बिहीवार अपराह्नसम्मको आँकडामा नेपालमा कुल जनसङ्ख्याको लगभग ३६.२ प्रतिशतले पूर्ण मात्रा र ४९.१ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।पुस मसान्तसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका दुईतिहाइलाई खोप लगाइसक्ने लक्ष्य गण्डकी र बाग्मती प्रदेशले मात्रै प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले सीसीएमसीसी बैठकमा खोप अभियानलाई अझ व्यापक बनाउन सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने धारणा राखेका थिए।आफ्नो तेस्रो निर्देशनमा प्रधानमन्त्री देउवाले भविष्यमा कोभिड-१९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न सुझाव दिएका थिए।यसअघि यसै वर्षको सुरुमा देखिएको कोभिड-१९ को लहरसँग जुझ्न नेपालले अक्सिजन र आईसीयू सहितका जीवनरक्षक स्वास्थ्य सहयोग प्रणालीहरूको अभाव खेपेको थियो।के फेरि लकडाउन लाग्ला?नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन्।लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन।तर प्रवक्ता नेपालले विभिन्न सम्भावित कदमहरूबारे शुक्रवारको बैठकमा छलफल भएको बताइन्।उनले भनिन्, 'हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ। आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो। त्यस्तै अभ्यास अघि बढ्न सक्छ। यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन।'सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गरिन्।'अहिले हामी आफैँले पनि अनुशासित हुनुपर्ने अवस्था देखिएको छ।'

सङ्क्रमण बढे स्मार्ट लकडाउन, बुष्टर खोप अघि बढाउने अनुमति

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले यसको सङ्क्

सिंहदरबारमा सीसीएमसी बैठक जारी

काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समितिको बैठक बसेको हो । छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक […]

सीसीएमसीसी निर्देशक समितिको बैठक जारी

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि प्रधानमन्त्री संयोजकत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समितिको बैठक बसेको हो ।