प्रधानमन्त्रीकाे निर्देशन - 'ओमिक्राेन' फैलिन नदिन उच्च सतर्कता अपनाउनू, 'स्मार्ट लकडाउन' बारे छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' काे सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज शुक्रवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाइ प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिन नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । उहाँले ओमिक्राेनक...