लकडाउन र अतिरिक्त मात्रा खोपको विषयमा के छलफल भयो ? फेरि लकडाउन लाग्ला?

झन्डै एक हजार जनालाई एकै दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिममा रहेका व्यक्तिहरूका लागि तेस्रो मात्रा खोप दिन निर्देशन दिएका छन्।कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले निश्चित समूहहरूलाई माघको पहिलो साताबाट अतिरिक्त मात्रा खोप दिने प्रक्रिया अघि बढाएको बताएका थिए।यसअघि यसै सातादेखि अतिरिक्त मात्रा दिने अभियान भनेर तय गरिएको कार्यक्रमलाई मन्त्रालयले रद्द गरेको थियो।निर्देशक समितिको बैठकपछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो।त्यसअघि शुक्रवार अपराह्न मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताएका थिए।सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन्।सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपाल भन्छिन्, 'छलफलमा 'हामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छ' भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।'प्रधानमन्त्रीका तीन निर्देशनउक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताइन्।सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उनले बताइन्।प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए।त्यसक्रममा उनले निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई तेस्रो मात्रा खोपको व्यवस्थापन गरी छिटोभन्दा छिटो अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका थिए।प्रवक्ता नेपालले थपिन्, 'स्वास्थ्य मन्त्रालयको तर्फबाट उहाँहरूले हामी माघको पहिलो हप्ताबाट सुरु गर्न सक्छौँ भन्नुभएको छ।'बिहीवार अपराह्नसम्मको आँकडामा नेपालमा कुल जनसङ्ख्याको लगभग ३६.२ प्रतिशतले पूर्ण मात्रा र ४९.१ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।पुस मसान्तसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका दुईतिहाइलाई खोप लगाइसक्ने लक्ष्य गण्डकी र बाग्मती प्रदेशले मात्रै प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले सीसीएमसीसी बैठकमा खोप अभियानलाई अझ व्यापक बनाउन सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने धारणा राखेका थिए।आफ्नो तेस्रो निर्देशनमा प्रधानमन्त्री देउवाले भविष्यमा कोभिड-१९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न सुझाव दिएका थिए।यसअघि यसै वर्षको सुरुमा देखिएको कोभिड-१९ को लहरसँग जुझ्न नेपालले अक्सिजन र आईसीयू सहितका जीवनरक्षक स्वास्थ्य सहयोग प्रणालीहरूको अभाव खेपेको थियो।के फेरि लकडाउन लाग्ला?नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन्।लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन।तर प्रवक्ता नेपालले विभिन्न सम्भावित कदमहरूबारे शुक्रवारको बैठकमा छलफल भएको बताइन्।उनले भनिन्, 'हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ। आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो। त्यस्तै अभ्यास अघि बढ्न सक्छ। यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन।'सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गरिन्।'अहिले हामी आफैँले पनि अनुशासित हुनुपर्ने अवस्था देखिएको छ।'

सम्बन्धित सामग्री

लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

कोरोना संक्रमण तिब्र गतिमा फैलिए पनि सरकारले सबै ठप्प बनाउने गरी लकडाउन नगर्ने भएको छ ।संक्रमण बढ्यो भन्दैमा सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्पष्ट पारेका हुन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन […]

अब पनि लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ

अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ ।  खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम संसारमा कतै हुँदैन ।  अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले...

सिड्नीमा लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

दिल्लीमा लकडाउन एक हप्ता थपियो

काठमाडौं। भारतको संघीय राजधानी दिल्लीमा एक हप्ताका लागि लकडाउन थपिएको छ। दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले एक हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेका हुन्। पछिल्लोपटक गरिएको घोषणाअनुसार १० मेदेखि लकडाउन सकिँदै थियो। तर अब १७ मेसम्म लकडाउन घोषणा भएको छ। दोस्रो लहरसँगै मृत्यु हुनेको संख्या बढेपछि दिल्लीसहित भारतका विभिन्न राज्यमा लकडाउन लगाइएको छ।

बिहारमा जेठ १ गतेसम्म लकडाउन घोषणा, अदालतले लकडाउन गर्न दिएको थियो 'अल्टिमेटम'

भारतको बिहारमा गतेसम्म जेठ १ गतेसम्म लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भएपछि मुख्यमन्त्री नितिश कुमारले लकडाउन घोषणा गरेका हुन्। पटना उच्च अदालतले राज्य सरकारलाई लकडाउन गर्न 'अल्टिमेटम' दिएको थियो। राज्य सरकारले लकडाउन नगररे अदालतले हस्तक्षेप गर्छु भनेर आदेश दिएपछि नितिश सरकार लकडाउन गर्न बाध्य बनेको हो। बिहानमा एकैदिन…

दिल्लीमा लकडाउन एक हप्ता थपियो

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा जारी लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन एक साता बढाउने घोषणा गरेका हुन्। अब १० मे सम्म लकडाउन हुनेछ। यसअघि ३ मे सम्म लकडाउन गरिएको थियो। यसअघि दिल्लीका व्यापारीहरूको संगठनले ३ मे पछि पनि स्वेच्छिक लकडाउनको घोषणा गरेको थिए। दिल्लीमा कोरोना महामारीको भयावह अवस्था छ।

साइप्रसमा फेरि लकडाउन लगाइने

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागू हुने भएको छ ।  सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन अप्रिल २६ तारिखदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।  कोरोना भाइरसको महामारी फेरि तीब्र रूपमा फैलिएर धेरै मानिस संक्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनुपरेको सरकारले जनाएको छ ।  खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्ने पसललगायत सबै व्यावसायिक स्थल तथा कार्यालयहरू बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।  होटल, रे...

तत्काल लकडाउन हुँदैन : अर्थमन्त्री

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताए ।अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए […]