त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु, चार वटा जहाज डाइभर्ट

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल केही बेर अघि खुलेको हो । विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यस क्रममा कतारको दोहाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको […]

सम्बन्धित सामग्री

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

१२ पुस, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ । बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

पछिल्लो समय आन्तरिक हवाइ यात्रुको चाप वृद्धि भएसँगै त्यसलाई व्यवस्थापन गर्न त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ ।आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबारदेखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “बिहान ६ देखि रातिको १२ बजेसम्म आन्तरिकमा उडान तथा अवतरण हुने […]

जेठ २ गतेदेखि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अ

हुस्सुले खुलेन विमानस्थल, साढे ३ सय उडान प्रभावित

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ ।  हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान...

मौसमको खराबीले ७४ उडान रद्द, पोखरा र प्रादेशिक उडान ठप्प

मौसममा आएको खराबीका कारण बुधवार आन्तरिक वायुसेवाका ७४ उडान रद्द भएका छन् । मंगलवार रातिदेखि नै परेको वर्षातका कारण बुधवार बिहानैदेखि मौसमअनुकूल नभएका कारण दिनभर उडान ढिलो हुने र रद्द हुने क्रम चलिरहेको छ ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौैंबाट हुने र प्रादेशिक उडानसमेत अधिकांश रद्द भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार सबैभन्दा बढी बुद्ध एयरको ४० वटा उडान रद्द भएको छ । यति एयरलाइन्सको १६ वटा उडान रद्द भएको छ ।  बुधवार तय भएका वायुसेवाको उडानमा गुण एयरलाइन्सको ६ वटा, समिट...

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]