१ फागुन, काठमाडौं । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो मानेनन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति थियो …