खोटाङमा प्रतिनिधिसभा र प्रदेश (ख) मा गठबन्धन, (क) मा एमाले विजयी

खोटाङको मत गणना सकिएको छ। भर्खरै सकिएको मत परिणाम सार्वजनिक हुन बाँकी भए पनि गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएका छन्।...

सम्बन्धित सामग्री

महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

महोत्तरी – महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए । क्षेत्र नम्बर २ र ३ मा भने […]

गिरिराजमणि पोखरेलले चुनाव हारे, महोत्तरी १ मा एमाले विजयी

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी

किमाथाङ्का– सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् […]

सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए । अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो […]

सर्लाही–३मा एमालेले जित्यो, हरिप्रसाद उप्रेती विजयी

९ मंसिर, काठमाडौं । सर्लाही–२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । जनमत […]

अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी हुनुभएको हो । निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । …

२ प्रतिनिधिसभासहित दैलेखका ५ स्थानमा गठबन्धन, एकमा एमाले विजयी

दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा २ वटै प्रतिनिधिसभा र ४ वटा प्रदेश सभाको मतगणना सम्पन्न भएको छ। सम्पन्न मतगणनाको परिणाम अनुसार दैलेखका २ वटा प्रतिनिधिसभा र ३ वटा प्रदेश सभामा गठबन्धनले...

गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

गण्डकी । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका […]

नवलपरासी-१ : प्रदेशसभा १ मा कांग्रेस २ एमाले विजयी

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका हुन् । पन्ध्र हजार एक सय ३७ मतसहित जिसी निर्वाचित भएको लुइँटेलले जानकारी दिए । जिसीका निकटतम प्रतिस्पर्धी […]

गुल्मीका दुवै क्षेत्रमा एमाले विजयी #NepalVotes #NepalElection2017

प्रतिनिधिसभा निर्वाचनमा गुल्मीका दुवै क्षेत्रबाट नेकपा एमाले विजयी भएको छ। गुल्मी १ बाट एमाले सचिव प्रदीप ज्ञवाली ३७८१४ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले ३०२५६ मत ल्याएका छन्। गुल्मी २ मा एमालेकै गोकर्ण विष्ट ३४६१८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत ल्याएका…