महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

महोत्तरी – महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए । क्षेत्र नम्बर २ र ३ मा भने […]

सम्बन्धित सामग्री

गिरिराजमणि पोखरेलले चुनाव हारे, महोत्तरी १ मा एमाले विजयी

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

महोत्तरीकाे रामगोपालपुरमा एमाले विजयी

महोत्तरी । महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी हुनुभएको छ । प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ […]

रामगोपालपुरको मेयर/ उपमेयरमा एमाले, वडामा माओवादीको वर्चस्व

महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। एमालेका मेयर उम्मेदवार राम दुलार साह ५३४० र उपमेयरमा रिनादेवी यादव ४२६३  मत ल्याएर विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी माओवादीका अशोककुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन् । ९ […]

मनरा शिसवा-१ मा एमाले विजयी

महोत्तरी – महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका गोविन्द चौरिसया ६९३ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका अमोद कुमार सिंहले ६१५ मत प्राप्त गरे । सदस्यमा एमालेका महेन्द्र मंडलले ७४३ तथा कांग्रेसका राम एकवाल साहले ६२१ मतसहित विजयी भएका छ...