अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी हुनुभएको हो । निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । …