६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

सम्बन्धित सामग्री

गाउँका विद्यालयलाई शिक्षक खोज्न १० पटकसम्म विज्ञापन

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दसौं पटक विज्ञापन गर्‍यो । तर कसैले दरखास्त हालेनन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण उक्त विषयको पढाइ प्रभावित छ । जिल्लाभित्र यस्तो समस्या भोग्ने जनजागृति एक्लो सामुदायिक विद्यालय भने होइन ।

गाउँका विद्यालयलाई शिक्षक खोज्न १० पटकसम्म विज्ञापन

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दसौं पटक विज्ञापन गर्‍यो । तर कसैले दरखास्त हालेनन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण उक्त विषयको पढाइ प्रभावित छ । जिल्लाभित्र यस्तो समस्या भोग्ने जनजागृति एक्लो सामुदायिक विद्यालय भने होइन ।

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

तुलसीपुर । अन्यत्र जग्गा नभेटेपछि खोलाले छाडेको जमीन सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, स्थानीय बासिन्दाको । यसैको जगमा तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय शुरू भयो । विसं २०५८ मा चन्दा संकलन गरेर बनाइएको विद्यालयभवन हावाले उडाएर भत्काइदिए पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनः विद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि शुरूमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । ‘मुठी दानमार्फत चामल संकलन गर्‍यौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने, ‘दानबाट संकलन गरेको चामल बेचेर शिक्षकलाई तलब खुवाएका थियौं ।’ हाल त्यही विद्यालय तुलसीपुरका आधारभूत विद्यालयतर्फ नमुनाका रूपमा स्थापित छ । अहिले त्यस विद्यालयका ठूलाठूला भवनसँगै पढाइ पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रूपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि हुन्छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यमबाट पठनपाठन भइरहेको छ । विद्यालयमा अहिले ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘शुरूमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौं,’ विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भने, ‘अहिले ४५० विद्यार्थी अध्ययनरत छन् ।’ त्यहाँ सबै गरीब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्तीमा प्रायः गिट्टी कुटेर दैनिकी चलाउनेहरू बस्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताए । ‘नजिकै सेन्टर स्कूल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनुपथ्र्यो,’ उनले भने, ‘पावर नपुगे भर्ना पाउने स्थिति नै रहँदैनथ्यो, त्यसैले पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौं ।’ उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याएपछि आफूहरूले यो विद्यालयलाई सहयोग र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारीले बताए । ‘गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरीले अध्ययन गर्ने त्यो विद्यालयलाई नमुनाका रूपमा लिएका छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका संरचना पनि उत्तिकै राम्रा भएका छन् ।’ आधारभूत विद्यालयमा ४५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उनको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् । नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुशी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरूले कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कूलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामीले यही विद्यालयमा पढ्यौं,’ विद्यार्थी लीला चलाउनेले भने, ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउन्, भन्ने चाहना छ ।’ सोही विद्यालयमा शुरूआतदेखि नै मेघराज घिमिरे कार्यरत छन् । उनीसहित तीन जना शिक्षक शुरूआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर गएपछि घिमिरेले सोही विद्यालय हाँकेका छन् । शुरूआतदेखि नै उनी विद्यालयको प्रधानाध्यापक हुन् । केही समय उनले निःशुल्क काम गरे । ‘शुरूमा हामीले तलब पनि दिन सकेनौं, छ महीनासम्म निःशुल्क पढाउनुभयो,’ अध्यक्ष विकले भने, ‘छ महीनापछि रू. १ हजार तलब तोकिदिएका हौं  ।’ रासस

तलब नपाएपछि विद्यालय बन्द गरी सर्लाहीका शिक्षक आन्दोलनमा

सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका […]

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौँ,३ फागुन । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक […]

नगर प्रमुख–उपप्रमुख विवादले पढाइ प्रभावित

नगर प्रमुख–उपप्रमुखबीचको विवादले धनुषाका नगराइन र कमला नगरपालिकाका कर्मचारी र शिक्षकले गत ५ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । तलब नपाएको भन्दै नगराइनका शिक्षक कक्षा छाडेर धर्नामा बसेका छन् । पालिका कार्यालयमा तालाबन्दी नै गरिएको छ ।