गाउँका विद्यालयलाई शिक्षक खोज्न १० पटकसम्म विज्ञापन

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दसौं पटक विज्ञापन गर्‍यो । तर कसैले दरखास्त हालेनन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण उक्त विषयको पढाइ प्रभावित छ । जिल्लाभित्र यस्तो समस्या भोग्ने जनजागृति एक्लो सामुदायिक विद्यालय भने होइन ।