नगर प्रमुख–उपप्रमुख विवादले पढाइ प्रभावित

नगर प्रमुख–उपप्रमुखबीचको विवादले धनुषाका नगराइन र कमला नगरपालिकाका कर्मचारी र शिक्षकले गत ५ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । तलब नपाएको भन्दै नगराइनका शिक्षक कक्षा छाडेर धर्नामा बसेका छन् । पालिका कार्यालयमा तालाबन्दी नै गरिएको छ ।