उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्नदिन आयोगको निर्देशन

निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन दिन निर्देशन दिएको हो ।आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको प्रस्तावनामा जनताको प्रत

सम्बन्धित सामग्री

आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन बाँके प्रशासनलाई निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ। जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्हसहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन भनिएको हो । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको […]

सागर ढकाललाई चुनाव प्रचारमा अवराेध नगर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ ।  डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे । हिजाे साेमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएकाे भन्दै सामाजिक सञ्जालमा गुनासाे गर्नुभएकाे थियाे ...

आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन

काठमाडौं, २ कात्तिक । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुंदे निर्देशन दिएको छ । कतिपय राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्ने क्रममा २५ जना भन्दा बढी संख्याको जुलुस लिइ हिड्ने, जुलुुस, आमसभा, कोणसभा, भेला गरेको सूचना आएपछि निष्पक्ष ढंगले सम्पादन गर्नको लागि निर्देशन दिएको हो । यस्तो छ दल र […]

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के-के पालना गर्नुपर्छ?

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न भन्दै आयोगले निर्देशन जारी गरेको हो। निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आचारसंहिताका व्यवस्था परिपालनाका लागि आयोगले निर्देशन दिएको हो।  निर्वाचन प्रचारप्रसार, आचारसंहिताको कार्यान्वयनलगायतका विषयमा…

उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि ‘मौन अवधि’

काठमाडौं : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे।  यसका लागि आवश्यक निर्द