सागर ढकाललाई चुनाव प्रचारमा अवराेध नगर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ ।  डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे । हिजाे साेमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएकाे भन्दै सामाजिक सञ्जालमा गुनासाे गर्नुभएकाे थियाे ...