हिमाल सफाइ अभियान : नेपालको सम्मान

प्रकाश शर्मा हिमाल, नेपालको अमूल्य खजाना । जसको मोल अनमोल छ । जसको सुन्दरता अद्वितीय छ । जसको रुप अद्भूत छ । जो तरल छ, बाफ छ अनि छ ठोस । तर छ बेजोड । जो आफैँमा पूर्ण छ, भरिपूर्ण छ, अनि सम्पूर्ण छ । सेता चमचम चम्किरहेका हिमशृङ्खला, जसमा इतिहास, भूगर्भ अनि संस्कृति मिसिएको […]

सम्बन्धित सामग्री

बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्चे‍ हिमाल सफाइ अभियान सम्पन्ने भएको जनाएको छ। सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगीसहितको टोलीले बरुञ्चेम हिमालको आधार शिविरबाट सङ्कलित कुहिने तीन हजार ५० किलो फोहर गत वैशाख ३० गते एक कार्यक्रमका बीच महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई हस्तान्तरण गर्‍यो। […]

सेनाको अगुवामा सकियो अन्नपूर्ण हिमाल सफाइ अभियान

हिमाली इलाकामा बढ्दो प्रदूषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा गत चैत १४ बाट सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सकिएको छ ।

सकियो ‘अन्नपूर्ण हिमाल सफाइ अभियान’

काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो । सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।  संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।

हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीवार सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन शुरू गरिसकेको छ ।      बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।

हिमालबाट ३५ टन फोहोर संकलन गरिने

यस वर्षको हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेना र विभिन्न संघसंस्थाको सहकार्यमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान २०२३’ को थालनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सफाइ अभियानका लागि झण्डा वितरण गरेर हिमाल सफाइ अभियानको सुरुवात गरेका छन् । प्रधान सेनापति शर्माले हिमाल सफा […]

हिमाल सफाइलाई जेजीआई फाउन्डेसनको १५ लाख सहयोग

जेजीआई नेपाल फाउन्डेसनले नेपाली सेनाको हिमाल सफाइ अभियानलाई १५ लाख सहयोगस्वरुप प्रदान गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यसम्पादन गर्न फाउन्डेसनले सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।नेपाली सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रहरुसँगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ । यसैगरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार […]

युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन

युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा यो सहकार्य भएको कम्पनीले जनाएको छ । फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। ‘जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक मृत्युको कारक बनिरहेको छ, त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट […]

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो

१७ वैशाख, काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको […]

हिमाल सफाइ अभियान

नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइएको छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ । प्रवक्ता पौडेलका अनुसार सगरमाथा