कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा। झाले बताइन्।छिमेकी

सम्बन्धित सामग्री

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमुनामा ओमिक्रोन र चार नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

थपिए ६ हजार ४६२ जना कोरोना संंक्रमित, मुलुकभर ७७ हजार ४० जना सक्रिय संक्रमित

माघ ९, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभरमा १७ हजार ४३७ ओटा नमूना परीक्षण गरिएको थियो । उक्त अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।   नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह - प्रवक्ता समीरकुमार अधिकारीले विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण निरन्तर बढिरहेको बताए । उनका अनुसार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेको छ । अहिले आईसीयूमा २१५ जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले बताएको छ। नेपालमा कुल संक्रमितमध्ये ९०  प्रतिशतभन्दा बढी निको भएका छन्। अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। कहिलेबाट घट्छ संक्रमण ? डेल्टा भेरिएन्टका कारण दोस्रो लहर फैलिएकोमा यसपालि ओमिक्रोनका कारण संक्रमितको संख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट संक्रमित व्यक्तिहरूका बारेमा कुनै छुट्टै तथ्याङ्क भने दिएको छैन। मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत शनिवारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ। ओमिक्रोनले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दैछ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको उक्त मन्त्रालयले बताएको छ । उसका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय रहेको पाइएको छ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ ओटा नमूनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ ओटामा ओमिक्रोन र बाँकी चार ओटामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।

७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्ट, सुरक्षित रहन चिकित्सकको सुझाव

पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा […]

भियतनाममा १५ दिनका लागि लकडाउन

एजेन्सी । भियतनाममा कोरोना संक्रमण दर बढेको भन्दै १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ । भियतनामको दक्षिणी मेर्कोग क्षेत्रमा डेल्टा भेरिएन्ट फैलिएको भन्दै नियन्त्रणका लागि १५ दिनका लागि लकडाउन घोषणा गरिएको भियतनाम सरकारले जनाएको छ । लकडाउनको अबधि भर दुई जना भन्दा बढी भेला हुनमा रोक लगाइएको छ भने सरकारी कार्यालय सम्म बन्द गरी […]

इण्डोनेसियामा कोरोना संक्रमण बढ्दो क्रममा

एजेन्सी । इण्डोनेसियामा कडा लकडाउनमा समेत कोरोना संक्रमितको संख्या नघटेपछी खोप अभियानलाई तिब्रता दिईएको छ । खोप आयातमा कमी हुनु र खोपका बारेमा जनचेतना अभावका कारण त्यहाँ खोप अभियान सुस्त हुँदै गएको छ । इन्डिोनेशियामा खोपको दोश्रो मात्रा लगाएका केही ब्यक्तिहरुको समेत मृत्यु भएपछि अधिकांश सर्वसाधारणले खोप लगाउन मानेका छैनन् । यसअघि कोरोनाको डेल्टा भेरिएन्ट […]

बेलायतमा एकैदिन १६ हजार बढी संक्रमित, फेब्रुअरीयताकै उच्च

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन्।यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागेको हो ।बेलाय

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेब्रुअरी ६ तारिख पछिकै उच्च हो । फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बेलायतमा कोरना संक्रमितको संख्या ४६ लाख ६७ हजार ८७० पुगेको छ । हाल बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर  उकालो लागे