थपिए ६ हजार ४६२ जना कोरोना संंक्रमित, मुलुकभर ७७ हजार ४० जना सक्रिय संक्रमित

माघ ९, काठमाडौं ।  नेपालमा विगत २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभरमा १७ हजार ४३७ ओटा नमूना परीक्षण गरिएको थियो । उक्त अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।   नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह - प्रवक्ता समीरकुमार अधिकारीले विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण निरन्तर बढिरहेको बताए । उनका अनुसार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेको छ । अहिले आईसीयूमा २१५ जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले बताएको छ। नेपालमा कुल संक्रमितमध्ये ९०  प्रतिशतभन्दा बढी निको भएका छन्। अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। कहिलेबाट घट्छ संक्रमण ? डेल्टा भेरिएन्टका कारण दोस्रो लहर फैलिएकोमा यसपालि ओमिक्रोनका कारण संक्रमितको संख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट संक्रमित व्यक्तिहरूका बारेमा कुनै छुट्टै तथ्याङ्क भने दिएको छैन। मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत शनिवारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ। उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ। ओमिक्रोनले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दैछ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको उक्त मन्त्रालयले बताएको छ । उसका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय रहेको पाइएको छ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ ओटा नमूनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ ओटामा ओमिक्रोन र बाँकी चार ओटामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

तीन वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला घट्दै

हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघे

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् ।  देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।