‘पाँच सय मेगावाट विद्युत् खेर गयो’

निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको औँल्याएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान कार्यालयमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।

सम्बन्धित सामग्री

दशैंमा दैनिक करीब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करीब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो शुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ । प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिकरूपमा करीब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करीब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करीब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिकरूपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।  ‘दशैंका कारण आन्तरिकरूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करीब ३ सय मेगावाट विद्युत्का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं । तर, अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिकरूपमा करीब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ । यसबाट दैनिकरूपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।  ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई विक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।  भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा विक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री शुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१ को  साउन, भदौ र असोज गरी तीन महीनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । असोजमा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति

फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ ।

राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थामा रहेपनि गत भदौबाट प्रसारण लाइन सञ्चालनमा आएसँगै राष्ट्रिय लाइनमा धमाधम बिजुली जोडिन थालेको दोर्दी करिडोर प्रसारण लाइन आ

खपत नबढ्दा दैनिक २०० मेगावाट विद्युत् खेर

उत्पादनअनुसार खपत बढाउन नसक्दा यो वर्ष पनि विद्युत् खेर जाने समस्याले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खेर जाने समस्या नआउने बताउँदै आए पनि पछिल्लो समय दैनिक दुई सय...

विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या

आगामी बर्खाभन्दा अगावै विद्युत् व्यापार सम्झौता हुन सकेन भने ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका जलविद्युत् आयोजना जोडिएका छन् । आयोजना जोडिँदै गर्दा प्राधिकरणलाई भने विद्युत् कहाँ खपत गर्ने र बिक्री गर्ने भन्ने चुनौती थपिएको छ । विद्युत् प्राधिकरणका […] The post विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वाधार नहुँदा उत्पादित विद्युत् खेर, १५ सय मेगावाट खपत बढाउने तयारी

उत्पादित विद्युत् खपत नहुँदा दैनिक चारदेखि पाँचसय मेगावाट विद्युत् खेर जाने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन भएपछि विद्युतू खेर जान थालेको हो ।

दैनिक ४ सय मेगावाट बिजुली खेर जाँदा प्राधिकरणलाई मासिक झन्डै साढे दुई अर्ब घाटा

विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्य...

दैनिक ४०० मेगावाट विद्युत् खेर

विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मा

वर्षायाममा ६ सय मेगावाट विद्युत् खेर जाने

कोरोना महामारीपछिको प्रभाव रहिरहे आगामी वर्षायाममा कुल उत्पादनको आधा अर्थात ६ सय मेगावाट विद्युत् खेर जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको प्रक्षेपणअनुसार आगामी असारसम्ममा उद्योगधन्दा पूर्ण रूपमा सञ्चालनमा नआए १२ सय मेगावाटको कुल उत्पादनमध्ये ६ सय मेगावाट खेर जाने छ ।

भारतमा १७ हजार मेगावाट बिजुली बेच्ने निजी क्षेत्रको प्रस्ताव

निजी क्षेत्रद्वारा निर्माणाधीन १६ हजार ८ सय ४६ मेगावाट विद्युत् भारतलाई बेच्नका लागि नेपालका निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले प्रस्ताव गरेका छन् । सरकारी तथा निजी क्षेत्रद्वारा हाल निर्माणाधीन आयोजनाहरू सम्पन्न भए पनि विद्युत् खेर जाने भन्दै उनीहरूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेका ती आयोजनाबाट उत्पादित बिजुली बेच्नका लागि प्रस्ताव गरेका हुन् ।